बिर्सिदियो नभन प्रिय !
अनेकौ अनेकौं सपनामा कहालीए
निस्तब्धताले छाएको रातभरि
तिम्रो यादका असह्य यातना खपेको हुन्छु ।।१।।
त्यो अतितको झिल्को
सुनसान रातमा बलिरहेको बेला
म चिच्याइरहेको हुन्छु
बेइमानी, धोकेबाज स्वार्थी
तिमी मात्रै मेरो म तिम्रो लागि जन्मेको
कहाँ गए ती सुकिला वचन? ।।२।।
पहाड भास्सिने बतास हैन
सुन्दर रम्ने बहार ल्याउन
ती कोरिएका शब्दहरू सम्झदैं सकिएन
भविपष्य हाम्रो कसरी बन्ने हो म सोच्दैछु
यो रातमा ढल्किले आँशुलाई
कलिला पातले शान्त गर्न सक्दैन ।।३।।
बाटो साँघुरो थियो यात्रा लामो
लम्किदैं गएँ एउटा आकाश भेटियो
वायुमण्डलले भरिएको एउटा सिङ्गो आकाश
जहाँ तिमी पूर्णिमा बनेर
हर रात हर मौसम
आफ्नो सौर्न्दर्य र यौवन खुलाउँदथ्यौ ।।४।।
मुस्काई मात्र दिए अप्सरा बनी
नाच्नु नपर्ने बैंसको बेला
म चुर्लुम्म डुबें तिम्रो हेर्राईमा
हाई-हाई काटेथें तिम्रो लजाईमा ।।५।।
२०४४ चैत्र २९ गते प्रकाशित