Skip to content

गोरखापत्रको शनिवार २०६५ चैत्र १५ मा प्रकाशित

धूम्रपानको लत -त्रिचन्द्र प्रतीक्षा

टेःबहाल, न्यूरोडका ४२ वर्षीय, दीपक तुलाधरलाई प्रत्येक आधा आधा घण्टामा चुरोट सल्काउनु पर्ने लत बसेको छ । पत्रिका व्यवसायमा लागेका दीपक तुलाधर एक्लै खाली समयमा होस् वा धूम्रपान गर्ने साथीहरू आएको बेलामा होस् चुरोट सल्काएर सर्को तान्नु पर्छ, दिनभरमा कति चुरोट सल्काइन्छ त – उनी भन्छन् – ”विहान दोकान खोल्न आएदेखि बेलुकी बन्द गर्ने समयसम्ममा कम्तिमा १५ खिल्ली (एक वट्टा), बढीमा २० खिल्ली चुरोट सकिन्छ ।’’ उनले चुरोटको साथ साथै चिया पनि त्यतिनै मात्रामा पिउने कुरा गर्नुहुन्छ ।