Skip to content

देउराली साप्ताहिक

स्वागत

हे क्यालेण्डरको प्रत्येक पानाले
एउटा संक्रान्तिको स्वागत गरेझैं
विरशम्शेरको धुकधुकी बोकेको
घण्टाघरबाट मैले सापट लिएको
अलिकति समयको स्वागत छ ।

नाँगिएको हाँगाहरूले कलिला
मुनाहरूको स्वागत गरेझैं
सुहागरातको सुन्दर क्षणबाट
मैले हाइज्याक गरेको
सानो सपनाको स्वागत छ ।

स्वागत

हो क्यालेण्डरको प्रत्येक पानाले
एउटा संक्रान्तिको स्वागत गरेझैं
विरशम्शेरको धुकधुकी बोकेको
घण्टाघरबाट मैले सापट लिएको
अलिकति समयको स्वागत छ ।