Skip to content


आशाहरू जति मैले सजाए पनि
रहरहरू सबै मरिदिन्छन्?
हाँस्न जति मैले चाहे पनि
वेदना छातीमा भड्किदिन्छन् ।
मान्छेहरू यहाँ कसरी जिउँछन्?
बतासमा फुल्ने फूललाई सोध,
मान्छे यहाँ कसरी रुन्छन्?
सावनको झरीलाई सोधे हुन्छ ।।

निस्तब्धतामा आँसु बहाउँदै
जीवन पथमा विल्हलता पाउँछु,
बहने पवनको कुसुम कुञ्जमा
पलमै पंकज मुर्झाएको पाउँछु ।
मेरो मन तप्त अन्दलमा
सल्किरहेको यही प्रण,
मेरै आँचलमा नूतन ज्योति
फिजाउँदै आयो संझना
सपना अनि यो शून्य बिहानी ।।

-देउराली साप्ताहिक २०४६ मंसीर २९ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *