Skip to content

चट्टान कबिता संग्रह बाट

त्रिस्ना

बल्ल बल्ल बुद्धि बलले ल्यायो बिदेसमा
मिठो छैन भुल्नालाई प्यारो स्वदेश लाइ
ज्यानलाई रोक्न सकिएन मनको तिर्सनाले
केको लक्षे जाग्यो मनमा ,जीवन उकस्नाले
कति जागर फुर्ति गर्नु, विदेश टिक्नालाई
येत्रो ठूलो संसारमा मन एक्लो हुन्छ
स्वोदेश्का आफन्तले पाल्पल मनाछुन्छ
.चारैतिर खतराले घेर्छ नजिक आइ,
पन्छाई बाटो बनाइ हिड्दा ,हुन्छ कठिनाइ .
जागर र बुधिबिना विदेश टिक्न गारो .
काम कठिन नया ठाउ ,मज्बुरिले मार्यो
.स्वदेश का बुवा मुवा आफन्तहरु सबै .
सम्झी रुन्छ काम गर्दा मन हुन्छा उतै
बिदेशका साथीहरु मर्छन फाट फुट्ट.
तिनलाई सम्झी माया लाग्छ ,मन हुन्छ हुरुक्क …

भाव

अभावमा पनि केहि भएको भाव चाहिन्छ
रोदनम पनि हाँसोको केहि आभास पाइन्छ ,
सबै अरुलाइ आफ्नै देख्ने आँखा चाहिन्छ ..
को छ र पराइ याहा ? संसार नै आफै संगै पाइन्छ…
भावमा अभाव नभएको अनुहार चाहिन्छ.
अभावमा पनि केहि भाव भएको आभास पाईन्छ.
ब्रम्हाण्ड एउटा देख्ने आँखा चाहिन्छ ,
अभाव मै पनि धेरै भएको आभास पाइन्छ
…………………………………………………………..

अनायास

अनायास आज किन तिमी आयौ ?
बितेका ती ब्यथा फेरि किन ल्यायौ ?

मलम भएन यो दिन किन पोल्छ घाउ?
नजिक नआऊ तिमी बरु टाढै जाऊ
अनायास आज किन तिमी आयौ ?
बितेका ती ब्यथा फेरि किन ल्यायौ ?