बल्ल बल्ल बुद्धि बलले ल्यायो बिदेसमा
मिठो छैन भुल्नालाई प्यारो स्वदेश लाइ
ज्यानलाई रोक्न सकिएन मनको तिर्सनाले
केको लक्षे जाग्यो मनमा ,जीवन उकस्नाले
कति जागर फुर्ति गर्नु, विदेश टिक्नालाई
येत्रो ठूलो संसारमा मन एक्लो हुन्छ
स्वोदेश्का आफन्तले पाल्पल मनाछुन्छ
.चारैतिर खतराले घेर्छ नजिक आइ,
पन्छाई बाटो बनाइ हिड्दा ,हुन्छ कठिनाइ .
जागर र बुधिबिना विदेश टिक्न गारो .
काम कठिन नया ठाउ ,मज्बुरिले मार्यो
.स्वदेश का बुवा मुवा आफन्तहरु सबै .
सम्झी रुन्छ काम गर्दा मन हुन्छा उतै
बिदेशका साथीहरु मर्छन फाट फुट्ट.
तिनलाई सम्झी माया लाग्छ ,मन हुन्छ हुरुक्क …
कैले कस्तो कैले कस्तो काम पाइन्न फेरी ,
जे पाएनी गर्नुपर्छ घरको दुख हेरी
.मार्छा क्यारे डरेडरले कति दिन काटु ?
पैसा कमाइ मरीमरी कति कहर काटु ?
नेपाल मै काम माम पाउ भन्दै देबी भाकु ,,,,,,
