नर्वदा देवी चट्टान
जंगल संसार को
जंगल संसारको
…………
संसारको जंगल घन घोर भिडमा
म तेसै हराउन खोज छु .
बाटो खोज्छु, अगाडी, भेटदिन .
फर्किन पछील्तिर निएमै छैन ,
हिढुं ,सबै भिड नै भिडले घेर्छ.
घन घोर भिडमा ,भिडीएकी म,
देख्छु कसैले केहि खोजे जस्तो .
कसैले रोजे जस्तो ,पाए जस्तो,
अनि केहि गुमाए जस्तो .
अलमलिए जस्तो भित्र भित्रै .
खल्बलिए जस्तो ,तल्लिन छ ,
जता हेरे पनि संसारको जंगलमा .
म हेर्दा हेर्दै भिड मै पो हराएछु .
न दायाँ नै नता बायाँ नै ,
आकाश हेरु ढाक्यो बादल ले ,
धर्ति हेरुं ,कुल्चिएको मान्छेले .
काहा समाउ माटो खालिनै छैन .
संसारको जंगलमा ,
देख्छु मान्छे मात्र को छायाँ .
वा रे वा
मान्छे कस्तो कति सस्तो ?
पसुभंदा मान्छे सस्तो वारे वा
आफु आफुमा तानातान ,कुर्सिकोलागी हानाहान
पैसाको लागि मारामार भन्दछ मै हु
जान्नेसुन्न्य गंन्य मान्य,
स्वार्थ बढी भो वारे वा .
अरु हासे ऋष ,रोए राग
मरे भने खाक जिउदा बाग .
दाउ मारा तछाड मछाड ,वारे वा
असल भए ताज, खराब भए दाग
.होस् भए खुट्टा टेक बेहोस भए घुंडा टेक .,तारिफ गर्दा दङ्ग दास, होच्याउदा फुङ्ग उदास
बुद्दी तेरो किन खलास ?वा रे मानिस वा
जाडे रक्सी खैनी चुरोट ,
जङ्गली चाला तेरो खोट .
पाउछ तैले सैयोउ चोट ,
वारे मान्छे वा .
धन ,मान,ज्यान ,ज्ञान गुमाई
शान्ति र सुख सबै गुमाई ,
भौतारी को आफै डराइ .
त्रिस्ना
बल्ल बल्ल बुद्धि बलले ल्यायो बिदेसमा
मिठो छैन भुल्नालाई प्यारो स्वदेश लाइ
ज्यानलाई रोक्न सकिएन मनको तिर्सनाले
केको लक्षे जाग्यो मनमा ,जीवन उकस्नाले
कति जागर फुर्ति गर्नु, विदेश टिक्नालाई
येत्रो ठूलो संसारमा मन एक्लो हुन्छ
स्वोदेश्का आफन्तले पाल्पल मनाछुन्छ
.चारैतिर खतराले घेर्छ नजिक आइ,
पन्छाई बाटो बनाइ हिड्दा ,हुन्छ कठिनाइ .
जागर र बुधिबिना विदेश टिक्न गारो .
काम कठिन नया ठाउ ,मज्बुरिले मार्यो
.स्वदेश का बुवा मुवा आफन्तहरु सबै .
सम्झी रुन्छ काम गर्दा मन हुन्छा उतै
बिदेशका साथीहरु मर्छन फाट फुट्ट.
तिनलाई सम्झी माया लाग्छ ,मन हुन्छ हुरुक्क …
भाव
अभावमा पनि केहि भएको भाव चाहिन्छ
रोदनम पनि हाँसोको केहि आभास पाइन्छ ,
सबै अरुलाइ आफ्नै देख्ने आँखा चाहिन्छ ..
को छ र पराइ याहा ? संसार नै आफै संगै पाइन्छ…
भावमा अभाव नभएको अनुहार चाहिन्छ.
अभावमा पनि केहि भाव भएको आभास पाईन्छ.
ब्रम्हाण्ड एउटा देख्ने आँखा चाहिन्छ ,
अभाव मै पनि धेरै भएको आभास पाइन्छ
…………………………………………………………..
मिलन
मेरो सास सासमा मिलेर आऊ
.मेरोजीवाको चाहना बनेर आऊ .
जाहा हेर्दा पनि तिमिनै तिमि देखियोस.
सबै तिर हेर्दा तिमिनै तिमि भेटियोस ..
दुइ ज्यान एकै दोभान होऊ.
आफुलाई हेर्दा मलाइ नै देखियोस
जता हेर्दापनि तिमिनै भैदिनु .
यो हो बास्तबिकता कहिले नबिर्सिनु..
गुलाबको बास्ना भै ,सुबास मलाइ दिनु
मेरो मुटुमा फुलेको गुलाफको रंग तिमिनै बनि दिनु /
ज्यान भन्दा प्यारो मेरो तिमि यो कहिले नबिर्सनु
मेरो सित्तैको रुप तिमिनै बनेर जाउ
मेरो मुटुको धड्कन तिमिनै बजेर आउ ..
यसरी मेरो सास सासमा तिमि मिसिएरजाउ /…….

मैले मलाई चिन्न सकिन