आफ्नै मौलिक रचना
जंगल संसार को
जंगल संसारको
…………
संसारको जंगल घन घोर भिडमा
म तेसै हराउन खोज छु .
बाटो खोज्छु, अगाडी, भेटदिन .
फर्किन पछील्तिर निएमै छैन ,
हिढुं ,सबै भिड नै भिडले घेर्छ.
घन घोर भिडमा ,भिडीएकी म,
देख्छु कसैले केहि खोजे जस्तो .
कसैले रोजे जस्तो ,पाए जस्तो,
अनि केहि गुमाए जस्तो .
अलमलिए जस्तो भित्र भित्रै .
खल्बलिए जस्तो ,तल्लिन छ ,
जता हेरे पनि संसारको जंगलमा .
म हेर्दा हेर्दै भिड मै पो हराएछु .
न दायाँ नै नता बायाँ नै ,
आकाश हेरु ढाक्यो बादल ले ,
धर्ति हेरुं ,कुल्चिएको मान्छेले .
काहा समाउ माटो खालिनै छैन .
संसारको जंगलमा ,
देख्छु मान्छे मात्र को छायाँ .