Skip to content

मेरो अमेरिका यात्रा

पन्ध्रघन्टे हवाइ यात्रा : केही अनुचिन्तनहरू

संसारका अति व्यस्त विमानस्थलहरूमध्ये दक्षिण कोरियाको इन्चिअन विमानस्थल पनि पर्दछ । सुन्दरताका दृष्टिले यो विमानस्थल ज्यादै सुसज्जित देखिन्छ, मानौ यो सम्पन्न परिवारबाट भर्खर अन्भाउन आँटेकी बेहुली हो । देश विदेशबाट निरन्तर ओर्लिने र उड्ने विमानमा आवतजावत गर्ने मान्छेहरू चाहिं बिहेमा आएका घर गाउँले र जन्ती हुन् । ‘बिहानीले दिनको सङ्केत गर्छ’ भनेझैँ यस विमानस्थलको अध्ययनबाट दक्षिण कोरियाको उन्नति र प्रगतिको सजिलै आँकलन गर्न सकिन्छ । वैज्ञानिक ढङ्गबाट निर्माण गरिएको यस विमानस्थलको बजार व्यवस्था निकै राम्रो छ । हाम्रो देशमा केवल मुखले मात्र महिलाको समान हक र अधिकारको कुरा हुन्छ तर त्यहाँ वास्तवमैं महिलालाई अति उच्च प्राथमिकता दिइएको पाइयो ।

अत्याधुनिक चालक र उत्तरआधुनिक स मिल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको ९७ औं देवकोटा जयन्ती समारोह मेरा निम्ति एक अविस्मरणीय क्षणका रूपमा रहेका छ । प्रस्तुत समारोह भर्जिनियास्थित जर्ज म्यासन युनिभर्सिटी पुस्तकालयको अत्याधुनिक एवं सुन्दर कक्षमा सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अन्य पदाधिकारी र सदस्यहरूसँग मेरो त्यति राम्रो परिचय नभए पनि समाजका संस्थापक अध्यक्ष साहित्यकार एवं कवि होमनाथ सुवेदीसँग भने निकटतम सम्बन्ध स्थापित भइसकेको थियो । उहाँ साहित्यकार भनेपछि हुरुक्क हुने सहृदयी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँद्वारा नै मैले उपर्युक्त समारोहमा उपस्थित हुने निम्तो पाएको थिएँ । उहाँले नै मलाई सो समारोहमा लाने कुरा फोनबाट गर्नुभएको थियो ।

थाई विमान र बैंकक उडान

२०६३ आषाढ १८ गते प्रातः ५.१५ बजेको बसको टिकट अघिल्लै दिन काटिसकेको थियो । टिकट हातमा परेपछि मेरा मनमस्तिष्कमा अनेक किसिमका तरङ्गहरू उर्लिन थालिसकेका थिए । १७ गतेको रात म ओछ्यानमा पल्टिएँ मात्र, तर निद्रा पटक्कै परेन । सुरुङ्गा खोलानजिकै (मेरो घरको पूर्वपट्टि) ठूलो आवाजमा चट्याङ् पर्यो । त्यसको केहीबेरपछिदेखि घनघोर वर्षा हुन थाल्यो । कहिल्यै घर नछाडेको हुनाले मेरा मनमा, मेरा आँखामा त्यस्तै मुसलधारे वर्षा हुँदैछ भन्ने अनुभव गरें मैले ।

कोमलप्रसाद पोखरेलको “अमेरिका यात्रा”को पठन गर्दा

झापामै मेरो आँखाको अप्रेसन गराएपछि र नेपाल प्रज्ञा प्रतिष्ठान पुनःजीवन्त बनेको थाहा पाएपछि मलाई काठमाडौं एकपटक पुगेरै छाड्ने धुन चलेको बेलामा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालले यही २०६७ असारको १० गतेतिर फोन गर्नु भयो— कोमलप्रसाद पोखरेलजीको प्रकाशोन्मुख पुस्तकका लागि तपाईंले एउटा भूमिका लेखिदिनु पर्यो । मैले मानिन । किनभने असार २१मा मलाई प्रस्थान नै गर्नु थियो । उब्रेका आठदस दिन पनि अन्य कामले ओगटिसकेका थिए । मदन ढकालजीले पनि मेरा कुरा एक कानले सुनेर अर्का कानले उडाइदिनु भएछ ।