Skip to content

कोमलप्रसाद पोखरेल

मेराे राजिनामा

आँखा स्वस्थ र स्वच्छ छन् तर यहाँ देख्नै नसक्ने भएँ,
हो यो सत्य भनेर तथ्य घटना लेख्नै नसक्ने भएँ ।
नाङ्गो देश छ लाज आज सजिलै ढाक्नै नसक्ने भएँ,
मीठो हैन सिधो पिठो पनि यहाँ चाख्नै नसक्ने भएँ ।।

केही काम लिई कतै पनि म ता धाउनै नसक्ने भएँ,
कुर्सी घुम्दछ आँ गरी फनफनी ख्वाउनै नसक्ने भएँ ।
अर्कालाई तिरेर अन्न घरमा हुल्नै नसक्ने भएँ,
गोजी शून्य छ साहुका नजिकमा डुल्नै नसक्ने भएँ ।।

अन्तर्व्यथा: अाजकाे

आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि ऊ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दुःख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ । उसले आफ्ना बृद्ध बाको संझना गर्छ । संझदा संझदै ऊ पूर्व स्मृतिको महासागरमा चुर्लुम्म डुब्छ र केही बेरमा एकमुठी नूनिलो पानी सर्किएपछि ऐं ऐं गर्दै मनोवादको बाँकटेमा पौडिन थाल्छ ।

छिमेकीका स्वरूपहरू

डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी ।
त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी ।
अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ,
आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।।

अर्को पीर छ खेतमा पनि सधैं जालै गरी बस्दछ,
रातारात स्वयं लुकेर उसले आली उँभो कस्दछ ।
आफू मात्र गई भन्यो कि त त्यहाँ डाँका ठुला गर्दछ,
राखी पञ्च कुरा गर्यो यदि भने आफैं कता मर्दछ ।।

दुःख अर्थात् अावश्यकता

पूर्णिमा रातमा जूनको दुःख छ,
गीतसङ्गीतमा धूनको दुः छ ।
सून देशैभरी नूनको दःख छ,
मेषका गोठ छन् ऊनको दुःख छ ।

धान धेरै फल्यो खानको दुःख छ,
देश रित्याउँदै लानको दुःख छ ।
धेर मन्त्री बने चोरको दुःख छ,
प्राज्ञ थुन्ने ठुलो खोरको दुःख छ ।

विश्वका सामु नेपाली सर्वाङ्ग नाङ्गियौं सब

हाम्रा सांसद नेपाली नामका मात्र छन् तर,
यता हैन उतै उन्का आफ्नै छन् जन्मका घर ।

यताका पनि छन् केही तर ती मद्यका भर,
परेर ध्वस्त पार्दैछन् डढाई पितृको घर ।

म फर्केर आएँ युएस्ए पुगेर

त्यहाँ देख्न पाइन्न मान्छे हिडेको
जथाभावी संसाझ टाउको गिंडेको
यहाँझैं धुलो सुघ्न पाइन्न लेस
म फर्केर आएँ त्यसैले स्वदेश ।

कुहेको सडेको छुनै हुन्न जान
न पूर्वीय सप्र्याङ् गरी हुन्छ खान
भने के गरी खानु मैले भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।

कवि बन्न खोज्दा

आजन्म घाँसी हुन घास काटियो,
चुरोटमा दैनिक नोट साटियो ।
कपाल दाह्री लटरम्म पालियो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

बनी भवानीपति भस्म लाइयो,
उमा सती जीवित देख्न पाइयो ।
त्यसो हुँदा भाव सर्ब गुमाइयो,
तथापि फुर्दैन कवित्व, हारियो ।।

भर्जिनिया, म्याग्दी र १९३ औं भानुजयन्ती

दार्जिलिङ र सिक्किम प्रान्तका प्रवासी नेपालीहरू अत्यन्त उत्साह, उमङ्ग र भक्तिभावपूर्वक प्रत्येक वर्ष भानुजयन्ती मनाउँछन् । उनीहरू यसलाई राष्ट्रिय पर्वका रूपमा लिन्छन् । धेरै ठाउँमा उनीहरूले भानुभक्तको प्रतिमा पनि स्थापना गरेका छन् ।

बैङ्कक–कोरिया यात्रा

विश्वको अति व्यस्त विमानस्थलमा गनिने बैङ्कक विमानस्थलमा जुलाई १५ ता. बेलुका ६.१० बजे अमेरिका प्रस्थानको क्रममा म ओर्लिएको थिएँ । राती २ बजे मात्र सिओलका लागि विमान उड्ने भएको हुनाले मैले आठ घण्टा बैङ्कक विमानस्थल कुर्नु पर्ने भयो । सर्वप्रथम मैले कोरियन काउन्टर पत्ता लगाउनु थियो र एकएक गरी सो काउन्टर कहाँ छ भन्ने कुराको जानकारीका लागि प्रयास गरें । प्रयास असफल भएपछि यात्री बस्ने ठाउँमा गएर केही क्षण थकाइ मार्ने प्रयत्न गरें । गोलाकार रूपमा रहेका अनगिन्ती काउन्टरहरू सबैमा कर्मचारी व्यस्त थिए ।

पन्ध्रघन्टे हवाइ यात्रा : केही अनुचिन्तनहरू

संसारका अति व्यस्त विमानस्थलहरूमध्ये दक्षिण कोरियाको इन्चिअन विमानस्थल पनि पर्दछ । सुन्दरताका दृष्टिले यो विमानस्थल ज्यादै सुसज्जित देखिन्छ, मानौ यो सम्पन्न परिवारबाट भर्खर अन्भाउन आँटेकी बेहुली हो । देश विदेशबाट निरन्तर ओर्लिने र उड्ने विमानमा आवतजावत गर्ने मान्छेहरू चाहिं बिहेमा आएका घर गाउँले र जन्ती हुन् । ‘बिहानीले दिनको सङ्केत गर्छ’ भनेझैँ यस विमानस्थलको अध्ययनबाट दक्षिण कोरियाको उन्नति र प्रगतिको सजिलै आँकलन गर्न सकिन्छ । वैज्ञानिक ढङ्गबाट निर्माण गरिएको यस विमानस्थलको बजार व्यवस्था निकै राम्रो छ । हाम्रो देशमा केवल मुखले मात्र महिलाको समान हक र अधिकारको कुरा हुन्छ तर त्यहाँ वास्तवमैं महिलालाई अति उच्च प्राथमिकता दिइएको पाइयो ।

अत्याधुनिक चालक र उत्तरआधुनिक स मिल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको ९७ औं देवकोटा जयन्ती समारोह मेरा निम्ति एक अविस्मरणीय क्षणका रूपमा रहेका छ । प्रस्तुत समारोह भर्जिनियास्थित जर्ज म्यासन युनिभर्सिटी पुस्तकालयको अत्याधुनिक एवं सुन्दर कक्षमा सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अन्य पदाधिकारी र सदस्यहरूसँग मेरो त्यति राम्रो परिचय नभए पनि समाजका संस्थापक अध्यक्ष साहित्यकार एवं कवि होमनाथ सुवेदीसँग भने निकटतम सम्बन्ध स्थापित भइसकेको थियो । उहाँ साहित्यकार भनेपछि हुरुक्क हुने सहृदयी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँद्वारा नै मैले उपर्युक्त समारोहमा उपस्थित हुने निम्तो पाएको थिएँ । उहाँले नै मलाई सो समारोहमा लाने कुरा फोनबाट गर्नुभएको थियो ।

के इलामे म हैन र ?

बर्बोटेभित्रको गाऊँ तोरिबारी प्रसिद्ध छ,
त्यहीं नै जन्मिएँ हुर्कें के इलामे म हैन र ?

रामकान्त त्यहीं जन्मे डिल्लिराम पनि त्यहीं,
पिता राम त्यहींका हुन् के इलामे म हैन र ?

मैले पढें चुरेघाँटी टीकाराम थिए गुरु, के इलामे म हैन र ?
त्यो जान्ने थोर छन् आज के इलामे म हैन र ?

उत्तरआधुनिक कन्यादान सङ्कल्प

भताभुङ्ग म ! भताभुङ्ग म ! भताभुङ्ग म !
लथालिङ्ग म ! लथालिङ्ग म ! लथालिङ्ग म !
छरपस्ट म ! छरपस्ट म ! छरपस्ट म !
अद्येह श्रीमद्हाउडी पुराणस्य
सिंहदरबार, मन्त्री क्वाटर तथा
श्री १००८ पार्टी कार्यालयस्य
घुमाउने कुर्सीमा फोका उठुन्जेल बसित्वा
पाँच तारे होटेल, मोटेल तथा रिसोर्ट–मैनेजरस्य

शुभकामना: छठ पर्वको

शुभ कामना : छठ पर्वको

मधेसे पहाडे सबै एक हामी,
त्यसैले त छौँ विश्वमा आज नामी ।
उँभोबाट पानी उँधोबाट धान,
यसैबाट हाम्रो रहेको छ प्राण ।
जगत् चक्षु हुन् सूर्य नै नेत्रदाता,
यिनी व्योम घुम्छन् उघारेर छाता ।
यही सत्तरीको छठी पर्वदेखि,
छुटोस् देश यो टुक्रिने रोगबाट ।
छठ पर्व २०७०

आशीर्वाद : भाइटिका २०७०

हे भ्राता ! धनधान्य होस् घरभरी लक्ष्मी खुसी हुन् सदा,
कैल्यै रोग र शोक भोग्नु नपरोस् सद्बुद्धि होस् सर्वदा ।
लामो आयु लिएर बाँच सयतक् दुःखी नभै एक् छिन,
यो नेपाल अखण्ड, खण्ड–दलमा तिम्रो नलागोस् मन ।।

थाई विमान र बैंकक उडान

२०६३ आषाढ १८ गते प्रातः ५.१५ बजेको बसको टिकट अघिल्लै दिन काटिसकेको थियो । टिकट हातमा परेपछि मेरा मनमस्तिष्कमा अनेक किसिमका तरङ्गहरू उर्लिन थालिसकेका थिए । १७ गतेको रात म ओछ्यानमा पल्टिएँ मात्र, तर निद्रा पटक्कै परेन । सुरुङ्गा खोलानजिकै (मेरो घरको पूर्वपट्टि) ठूलो आवाजमा चट्याङ् पर्यो । त्यसको केहीबेरपछिदेखि घनघोर वर्षा हुन थाल्यो । कहिल्यै घर नछाडेको हुनाले मेरा मनमा, मेरा आँखामा त्यस्तै मुसलधारे वर्षा हुँदैछ भन्ने अनुभव गरें मैले ।

KomalPrasadPokharel

मच्छड संस्कृति : झुलभित्र र बाहिर

मच्छड शब्दको अक्षरीकरण गर्दा यसमा दुई अक्षर रहेको पाइन्छ भने वर्णगत हिसाबमा म्+अ+च्+छ्+अ+ड् = मच्छड भएको देखिन्छ । यसमा दुईवटा स्वर र चारवटा व्यञ्जन गरी जम्मा छवटा वर्ण छन् । मच्छड अध्ययन तथा अनुसन्धान केन्द्रबाट गरिएको मच्छड शब्दको वर्णगत अर्थ यसप्रकार छ –

म् = मेचीदेखि महाकालीसम्मका मतदातालाई मोहित बनाएर मत लिई माथि पुगेका मतलबी माननीय र मन्त्रीहरूबाट मन्त्रित मनोमानी मान्छे मास्ने मानवाधिकारवादी महिला मच्छड अथवा मस्कोइटोहरू,
अ= अँध्यारामा अतिक्रनण गरेर अकालमृत्यु गराउन सक्ने अख्तियार पाएको भए पनि;
च् = (त्यस) चन्डाल चुसाहाको ज्यान चोर औँलाको चान्चुने चड्कनमै च्वाट्ट चुडिन सक्छ;
छ = छाडा छाउरीले छक्याएर छेपारीमा छुरा धस्छ र छिद्र छिद्र पार्छ;
अ = ऐजन ऐजन;
ड् = डिस्को डान्स गर्दै देश डस्नेहरूको डाहभन्दा डङ्गुरबाट डराउँदै आएर पातलो डसनामा डल्लो परेर सुतेकालाई डसेर डेंगु सार्नेको डाह डबल कम हुन्छ ।

दशैं आशिष (आयु द्रोणसुते)को नेपाली अनुवाद

द्रोणाचार्य सुपुत्रको अमरतामा पुग्नसक्ने हुनू ।
श्रीसम्पत्ति रहोस् अथाह दशरथ्, राम्का पिताझैं हुनू ।
शत्रु क्षीण बनून् सदा जगतमा श्री रामका तेजले,
ऐश्वर्यादि नहूषझैं पवनझैं, चल्नू सदा बेगले ।।
गान्धारी सुतझैं तथा अझ बढी सम्मानधारी हुनू,
बन्नू भीष्म समान वीर, बलमा बल्भद्र जस्तै हुनू ।
बोलीमा जहिल्यै युधिष्ठिर हुनू अत्युच्च धर्माश्रित,
दानी विज्ञ विदूर, कीर्ति हरिको, लिनू यिनै आशिस ।।

नमस्कारका केही उत्तरआधुनिक अर्थहरू

नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । नमस्कारका पर्यायका रूपमा नमस्ते, दर्शन, जयनेपाल, अभिवादन, लाल सलाम आदि शब्दहरू प्रयोग एवं प्रचलनमा रहेका छन् । उपर्युक्त शब्दहरूका आआफ्नै विशेषता छन् । प्रस्तुत लेखमा नमस्कार शब्दको मात्र शैक्षिक र राजनीतिक अर्थहरू केलाउने जमर्को गरिएको छ । यसमा पनि दृष्टार्थभन्दा अदृष्टार्थलाई र अभिधार्थभन्दा व्यङ्ग्यार्थलाई कोट्याउन खोजिएको छ । यो लेखकको नितान्त आत्मपरक हेराइ हो । नमस्कारका उत्तरआधुनिक अर्थहरूलाई यसप्रकार हेर्न सकिन्छ —

१.शैक्षिक अर्थ— नमस्कार ! ! ! शब्द मात्र होइन वाक्य पनि हो । उद्देश्य र विधेय नभएको अथवा कर्ता, कर्म, क्रिया नभएको पदलाई कसरी वाक्य भनिन्छ ? भन्नुहोला, तर मजाले बनिन्छ; किनभने उद्देश्य र विधेय यसका गर्भमै छन् । कसैले नमस्कार भन्ने बित्तिकै नमस्कार थाप्ने व्यक्तिले स्वतः कुरा बुझ्छ । किन कर्ता, कर्म, क्रिया नलगाई नमस्कार गरिस् ? भनेर रिसाउँदनैन ।

मुबायल गीता

भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै,
लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै
लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वै
हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै ।

यता गयो मुवायलै उता छ मान एसको
गरीब होस् तथा धनी यही छ सान देशको
छ क्लासमा मुवायलै छ जाँचमा मुबायल
लिएर नोट हातमा सफल हुने मुबायल ।