जानुछ एकदिन त्रिचन्द्र 'प्रतीक्षा' गीति कविता मुक्ति मासिक by TrichandraNovember 1, 2013बाँच्नु पर्यो जीवनमा आँसु सबै रित्याएर जानुछ एकदिन जिन्दगीलाई सिद्धयाएर । खुशी के हो जानिएर जीवनमा कहिले विश्वास मेरो जून जस्तै बिलाएछ अहिले । रात आउँछ फेरि पनि दिन बिताएर जानुछ एकदिन जिन्दगीलाई सिद्धयाएर ।