बाँच्नु पर्यो जीवनमा आँसु सबै रित्याएर
जानुछ एकदिन जिन्दगीलाई सिद्धयाएर ।
खुशी के हो जानिएर जीवनमा कहिले
विश्वास मेरो जून जस्तै बिलाएछ अहिले ।
रात आउँछ फेरि पनि दिन बिताएर
जानुछ एकदिन जिन्दगीलाई सिद्धयाएर ।
आँखाभरिको सपना तिम्रो फलेर जाओस जीवनमा
कसैको इच्छा झरे पनि के भो तिम्रो जीवनमा ।
रोकिदिन्छ आँसु यहाँ आँखा त्यसै निदाएर
जानुछ एकदिन जिन्दगीलाई सिद्धयाएर ।
-मुक्ति मासिक, २०४८ असारमा प्रकाशित
