अजिमायुक्त कलंकी शक्तिपीठ
htनेपाललाई विश्वसामु परीचित गराई आइरहेको बिभिन्न शृङखलाहरूमा यहाँको भाषा, विधि व्यवहार जात्रा, पर्व, कला र संस्कृति हो । हामी नेपालीहरूको बिभिन्न संस्कृतिहरू मध्य हामीले मानिआएका एक अजिमाहरू एवं अजिमायुक्त शक्ति पीठहरू पनि एक हो । अजिमा शब्द अजि रमा शब्दको योगले पुरा भएको हो । अजिमा शब्द प्राचिन नेपालको नेपालमण्डलको तत्कालीन राष्ट्रिय भाषा नेवार भाषाबाट आएको हो । नेवार भाषामा बज्यैलाई अजि र आमालाईमा भनिन्छ । यानेकी नेवार शब्द अजिमाको नेपाली शाब्दिक अर्थ बुढी बज्यै हुन् ।
