विविध-विधा
तीन मुक्तक (तिम्रो काखलाई)
एक)
तिम्रो काखलाई सिरानी बनाउने मन छ
मुटुमा सजाइ आफ्नी बनाउने मन छ
दुनियाको अगाडि हाम्रो जोडिलाइ
मलजल गरेर नामी बनाउने मन छ ।
मुक्तक (चोखो मायामा)
चोखो मायामा नै छुरी चलाउन अँझै
ए तड्पाएर मलाई नै जलाउन अँझै
मैन सरी पग्लेर जल्ने छु जब म नि,
त्यसैमा तिमी दीपावली मनाउन अँझै
तीन मुक्तक (वकिल)

एक
वकिल-न्यायालयले पनि निर्धैलाई पेल्छन्
बुख्याँचाहरू जनताका सपनासँग खेल्छन्
देशको कानून दैव जानून् उसै भन्या होइन
मान्छे मार्ने उन्मुक्त छन् गोरु मार्ने जेलछन्
के गर्नु, जति नै चिच्याए पनि

डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?
सपनी नै देखेँ कि (मुक्तक)

सपनी नै देखेँ कि वा देखेँ बिपनी
आफूलाई कहाँ कम लाग्छु म पनि
जसो भन जसो भन सहेकै ता हो
तिमी नै हौ मरो मनको सदा जपनी ।।
दुई मुक्तक (धार उम्रिन्छ)

१)
जसरी खाली र फोहोर जमिनमा झार उम्रिन्छ
उसै गरी दुषित दिमाखमा खराब विचार उम्रिन्छ
पैला चट्टानमा खियाऊ आफूलाई काममा लगाऊ
तिमी फलाम हौ, र तिमीमा आफै धार उम्रिन्छ
दिल चोरेर फरार छ

कति मान्छेहरू भेटिए, छुटिए मान्छेकै बजार छ
कैयो हराएको छ यहा, कोही सम्झनामा हजार छ