Skip to content

नागशैय्या निबन्ध स‌ग्रह

नाम राख्ने खेती

अहिलेको यो बेला नेपालमा धेरै थरीका खेतीको मौका छ । मौकै मौका छ, यस्तै छ । मैले यहाँ यस बेला भन्ने शब्द प्रयोग गरें । यस बेला भनेर निबन्धको सुरुमै समयको सीमालाई तोक्न खोजें । अहिले भनेको जहिले पनि हुन सक्छ । यस बेलाभित्र भनिएको यस बेला शब्दमा आजको अहिलेको बेला भन्ने बुझिन्छ । उहिले भानुभक्तका पालामा पनि अहिले वा यस बेला थियो, उनीहरू पनि आफ्ना अघिल्तिरको समयलाई अहिले भन्ने गर्थे, वाल्मीकिका पालामा पनि अहिले थियो । कालिदास पनि आफ्नो बेलामा अहिले भन्थे, सुकरात पनि त्यसै भन्थे उनको समयमा पनि अहिले थियो । जो जहिले अस्तित्वमा हुन्छ उसका लागि उसले भोग्दै गरेको समय अहिले नै हो । म यस बेलामा छु । विक्रमको २०७० सालतिर ।