वाचम्यान उर्फ गिद्धराम चौधरी कुमार नगरकोटी आधुनिक कथा अक्षरगञ्ज by editorDecember 6, 2015प्रिय पाठक ! दुर्भाग्यवश म सन्चै छु । तपाईं पनि त्यहाँ (ह्वेरेभर यु आर) कुशल–मंगल हुनुहुन्छ भन्ने झीनो कामना गर्छ । झीनो किन भनेको हुँ भने आजकल कामनाले कुनै सिद्धिप्राप्ति हुन छाड्यो । कामनाको इम्युनिटी पावर किन यति साँचो झुर भएको होला !