Skip to content

कुमार नगरकोटी

प्रिय नीर, एकला चलो रे

तिमीलाई मैले ३३ वर्षअघि सन् १९८५ को एक रमणिय शरद–साँझमा पहिलोपटक भेटेको थिएँ । घर–परिवारदेखि धेरै टाढा दाङको पुलिस स्कुलको होस्टेलमा बस्ने म एक अर्ध–अनाथ बच्चो थिएँ । त्यो वर्ष दसैँको एकमहिने छुट्टीमा मलाई लिन बुबा आउनुभएको थियो ।

वाचम्यान उर्फ गिद्धराम चौधरी

प्रिय पाठक !

दुर्भाग्यवश म सन्चै छु । तपाईं पनि त्यहाँ (ह्वेरेभर यु आर) कुशल–मंगल हुनुहुन्छ भन्ने झीनो कामना गर्छ । झीनो किन भनेको हुँ भने आजकल कामनाले कुनै सिद्धिप्राप्ति हुन छाड्यो । कामनाको इम्युनिटी पावर किन यति साँचो झुर भएको होला !

ऋतुको चिया पसल

वि.सं. २०५१ ।

ऋतुको चिया पसलमा मेरा केही जिप्सी यादहरू छुटेका छन्…यादका भेडाबाख्राहरू धपाउन/गाईवस्तुहरूलाई गोधुलि साँझमा घर फर्काउन म कहिलेकाहीँ विस्मृत इलाकाका गल्लीहरूमा देखा पर्छु । अतीतको गोठालो भई डुली हिँड्छु ।

आख्यान

  • by

भुस्याहा आत्माहरूको कँही/कतै/कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो ।

११ : ४५ बजेको थियो शयन-कक्षको भित्ते-घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग/भङ्ग/भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने किङ्साइज्ड पलङमा तपाईंले आफूलाई नितान्त एक्लो फेला पार्नुभयो ।

विनिर्वाण: पात, आमा र गिद्ध

  • by

वास्तवमा गोदाम प्रेतघर झैं प्राचीन एवं प्रागऐतिहासिक लाग्थ्यो । डार्बिन या कार्ल माक्र्सझैं बूढा भइसकेका ग्रन्थ/पाण्डुलिपिहरू तपाईं त्यहाँ देख्न सक्नुहुन्थ्यो ।

तिम्रो मृत्युको समाचार

  • by

प्रोलग: कथाको प्रथम ड्राफ्ट
कभिकभि,
मौत भि जब
एक किताब लिखती है
तो, भूमिका लिखवानेके लिए
जिन्दगीके पास आती है
-अमृता प्रितम