लीला उदासीको हास्यव्यङ्ग्य निबन्धकारिता
लीला ‘उदासी’ खनाल (२००६) झापाका साहित्यिक समाजको एक सुपरिचित नाम हो । झापाली राजनीतिक आन्दोलनसँगै यहाँको साहित्यिक गतिविधिमा ओर्लिएको उनको इतिहास छ । आज उदासीलाई झापामा ‘वाम’ आस्था राख्ने एक प्रबुद्ध सचेतक, मिष्टभाषी, नीरक्षीर न्यायका पक्षधर कानुनवेत्ता र विचारकका रूपमा पनि मानिन्छ । विनयी, मृदुभाषी, न्यायप्रिय र आफ्ना विचारहरूलाई अकाट्यसँग राख्न सक्ने क्षमता भएको कारण लीला ‘उदासी’ झापाका आदरणीय व्यक्तिका रूपमा पनि सुपरिचित छन् । साहित्येतर क्षेत्रमा उनको व्यक्तित्व जति प्रखर छ साहित्यमा पनि त्यो व्यक्तित्व त्यत्तिकै प्रखर र सचेतक छ ।
