Skip to content

नेपालीनेपालीडटकम

के मेरो देशमा सरकार छ र ?

मलाई त्यो नाकाबन्दीको अझै याद छ।सम्झनाको कुइनेटामा त्यो नाकाबन्दी हिजो झै लाग्छ।म त्यस बखत ७ बर्षको हुँदो हु।कुरा बि.स.२०४५ सालतिर कै नाकाबन्दीको हुन।त्यसबेला संचार माध्यमको रूपमा रेडियो नेपाल थियो र छापामा गोरखापत्र।त्यस बेला मरिचमान श्रेष्ठ प्रधानमन्त्री थिए।

उनिलाई त्यसबेला देशभक्ति नेताको रूपमा प्रचार गरिएको हुन्थ्यो।मानिसहरू गाँममै खेतिपाती गरेर बस्ने थिए।बैदेशिक रोजगारमा जाने भनेको कि त वेलायतमा कि सिंगापुरमा लाहुरे हुने या त भारतिय आर्मीमा भर्ति हुने नै थियो। बैदेशिक रोजगारमा अन्य पेशामा गए भारत सम्मको यात्रा हुने थियो।त्यस बेला शहरमा मानिसको बस्ति पातलो नै थियो क्यारे ।