पल्पसा क्याफको बाहिरी आवरण
यस बेला पत्रकार नारायण वाग्ले पल्पसा क्याफे उपन्यासबाट नेपाली साहित्यमा चर्चाको शिखरमा रहेका छन । साथै उनको यस कृतिले यस वर्षको मदन पुरस्कार प्राप्त गरेको छ । म चर्चा गर्दैछु त्यस उपन्यासको भित्री कथाहरू होइन, सिर्फ बाहिरी आवरण । प्रकाशक नेपा-लय रहेको यस् कृतिको बाहिरी आवरण साधारण छ। आवरण प्रसिद्ध कलाकारहरुको कलाकृति नभई चन्द्र शेखर कार्कीले खिचेको कथासँग सुहाउदो तस्विर छ । तर भावहरू गहन छन। वास्तवमा पहाडहरू उजाड छन । एउटा पहाडको टाकुराबाट अरु पहाडतर्फ फर्केर कोही चिहाइरहेको छ, सुस्केराहरू बोकेर। पहाड कालो छ।

