Skip to content

मोहन राज बराल 'मुन'

पल्पसा क्याफको बाहिरी आवरण

यस बेला पत्रकार नारायण वाग्ले पल्पसा क्याफे उपन्यासबाट नेपाली साहित्यमा चर्चाको शिखरमा रहेका छन । साथै उनको यस कृतिले यस वर्षको मदन पुरस्कार प्राप्त गरेको छ । म चर्चा गर्दैछु त्यस उपन्यासको भित्री कथाहरू होइन, सिर्फ बाहिरी आवरण । प्रकाशक नेपा-लय रहेको यस् कृतिको बाहिरी आवरण साधारण छ। आवरण प्रसिद्ध कलाकारहरुको कलाकृति नभई चन्द्र शेखर कार्कीले खिचेको कथासँग सुहाउदो तस्विर छ । तर भावहरू गहन छन। वास्तवमा पहाडहरू उजाड छन । एउटा पहाडको टाकुराबाट अरु पहाडतर्फ फर्केर कोही चिहाइरहेको छ, सुस्केराहरू बोकेर। पहाड कालो छ।

मृत्यु नजिकैको एडिक्सन लाईफ

सुनसान रात छ । म मेरा कोठामा एडिक्सन लाईफ बोकेर पल्टिरहेछु । ओछ्यानमा … । झ्यालबाट भित्रिएका चिसो वतासका स्पर्शहरु लिइरहेछु । त्यसैले मेरा आँखा खुल्ला छन् । रातभरि निद्रादेवीको स्वागतमा लुटपुटी संघर्ष गरेका मेरा आँखा र थकित मनले फेरि अर्को युद्धको सामना गर्नुपरेको छ । वास्तवमा मेरो लाइफ आफैमा बोझ अनि रातहरु कुरुक्षेत्र ।

के मेरो देशमा सरकार छ र ?

मलाई त्यो नाकाबन्दीको अझै याद छ।सम्झनाको कुइनेटामा त्यो नाकाबन्दी हिजो झै लाग्छ।म त्यस बखत ७ बर्षको हुँदो हु।कुरा बि.स.२०४५ सालतिर कै नाकाबन्दीको हुन।त्यसबेला संचार माध्यमको रूपमा रेडियो नेपाल थियो र छापामा गोरखापत्र।त्यस बेला मरिचमान श्रेष्ठ प्रधानमन्त्री थिए।

उनिलाई त्यसबेला देशभक्ति नेताको रूपमा प्रचार गरिएको हुन्थ्यो।मानिसहरू गाँममै खेतिपाती गरेर बस्ने थिए।बैदेशिक रोजगारमा जाने भनेको कि त वेलायतमा कि सिंगापुरमा लाहुरे हुने या त भारतिय आर्मीमा भर्ति हुने नै थियो। बैदेशिक रोजगारमा अन्य पेशामा गए भारत सम्मको यात्रा हुने थियो।त्यस बेला शहरमा मानिसको बस्ति पातलो नै थियो क्यारे ।

प्रथम शहिद लखन थापा र शहिद घोषणा नभएका ती गुमनाम योद्धाहरू

सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कसैलाई छटपटी नहुनु
सबै सहनु
घरबाट काममा निक्लनु
र कामबाट खुरुखुरु घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरूको मृत्यु हुनु ।

image

नागरिकको सुरक्षा खै ?

संसारमा मुख्यत:दुइ थरि लैङ्गिक अवस्था भएका मानिस छन् । महिला र पूरुषलाई भिन्न लिङ्गको रुपमा हामी चिन्ने गर्दछौँ । तर “हृदयको बारूद “नामक आफ्नो किताबको “के तपाईको आमा,दिदि-बहिनी छैनन् ?

20160203_MohanRajBaralMoon-Lekh

विपत्तिसँग सामाना गर्न फेसबुकले लगाएको गुन

वैशाख १२ को महा-भूकम्पपश्चात सदा झै सामाजिक संजाल फेसवुकमा आँखा डुलाउदै थिए । यो प्राकृतिक विपत्ति क्रुद्ध थियो । झन यस लगत्तैको लगातारको पराकम्पनले मन भरि मुटु भरि छटपटी भइरहयो । फेसवुकको न्यूज फिडमा गएर रिफ्रेस गरिरहदा ती सुन्न र हेर्न मन नलाग्ने भिडियो, खबर र फोटाहरू पोष्ट भइरहेका हुन्थे ।

महान संगीतसर्जक गोपाल योञ्जनको सम्झना

“एउटा चोरबाटो यहींबाट जान्छ
र सिंहदरबार भित्र पस्छ
र अगंङ्गको ढोका बन्द हुन्छ
गाउँ घर झुपडीहरू देखिन छोडछ
कठै मेरा गाउँहरू….!”

कवि बिक्रम सुब्बा भनेझै गाँमहरू देखिन छोडिने ठाँममा जनवादी गायक एवं सभासद जेबी टुहुरेले गोपाल योञ्जनलाई पर्याप्त सम्मान नदिएको गुनासो गरेर सम्मानको लागि संसदमा योञ्जनको पनि शालिक बनाउनुपर्छ भन्ने माग राख्दा हालका अर्थमन्त्री डा. रामशरण महतले चक्रपथको चैं कसको त भन्ने जवाफ फर्काएछन? लाग्छ गाँम भुलिने ठाँममा यो कुरा भुलिनु स्वाभाविक नै हो ।

MohanRajBaralMoon

आँशु पिएर बाच्ने गायक : अरूण थापा

आज साउन ५ गते आजैको दिन वि.सं. २०५६ सालमा नेपाली सुगम सङ्गीतप्रेमीहरूले स्वर्गीय गायक एवम संगीतकार अरूण थापालाई गुमाएको दिन । आज सुगम सङ्गीतप्रेमीहरू १७औं अरूण थापा स्मृति दिवस मनाउँदैछन् । भने उनी संस्थापक सदस्य रहेको पोखरेली युवा सांस्कृतिक परिवारले पनि आज “अरुण थापा स्मृति कार्यक्रम’ गर्दैछ ।

वि.सं.२००९ साल माघ ११ गते बाबु गञ्जुप्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रूपमा अरुण थापममगरको जन्म भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । स्कुल तहको शिक्षा दार्जलिङमा लिए पनि २०२८ सालमा जेपी हाइस्कुल ठमेलबाट उनले प्रवेशिका उत्तीर्ण गरेका थिए ।