Skip to content

मेरा समालोचनाहरु

कवितारामका दुई कथासंग्रहः एक पर्यावलोकन

(कवितारामजी
निकै घनिष्टता थियो मेरो तपाईंसँग । आज म मेरो पुरानो साामग्रीका साथ तपाईंको हार्दिक स्मरण गर्दछु । यहाँको स्मृतिमा यही पुरानो पुष्प मझेरीमा चढाउँदै मझेरीका समग्र परिवारहरुको तर्फबाट समेत आत्माको चिर शान्तिका लागि प्रार्थना गर्दछु ।
होम सुवेदी )

प्रसङ्गपूर्वको केही विषय
समीक्षणकर्मका लागि मेराअघि २०३६ र २०३८ सालमा प्रकाशनमा आएका दुई वटा कथाका पुस्तक रहेका छन् । पहिलो संग्रह चाहिं सारसंग्रह प्रकाशन काठमाडौंबाट छापिएको हो । अर्को कथासंग्रहको प्रकाशन भने साझा प्रकाशनबाट भएको छ । पहिलो कथाको पुस्तकको नाम ‘कालो कथा’ हो र दोस्रोको नाम चाहिं ‘प्रलाप’ हो ।