Skip to content

नागरिक दैनिक पश्चिमेली

AmritaPoudelAsim

जुरमुराएको कलम

खै किन हो किन ?
आजभोलि रङ्गहीन,
मेरो सपनाले निद्रामा,
विपनाले तन्द्रामा,
हुलका हुल मानिसहरू
शब्द लिएर मलाई झक्झक्याउँदै,
हे कवयत्री ! तिमी कविता लेख
भन्दै गर्दा मेरो कलम,
आक्रोशित हुँदै जुरमुराउँछ,
अनि म कोर्न थाल्छु !

पश्चाताप

दशैं मनाउन होस्टलबाट घर आएको भोलिपल्टै मोटरसाइकल सहित गाएब भएपछि घरमा हल्लाखल्ला मच्चियो । कलेज, छरछिमेक, साथीभाइ, इष्टमित्र जहाँतहिँ फोन गरियो । कहीं पत्ता नलागेपछि भोलिपल्ट प्रहरीमा उजुरी टिपाइयो ।

पाँच फुट पाँच इन्च अग्लो अविनास शर्मा नाम गरेको वर्ष उन्नाइस गोरोवर्णको पातलो ज्यान भएको हल्का जुङ्गा भएको मेडिकल कलेजमा एमविविएस दोस्रो वर्षमा अध्ययनरत हसिलो युवक हिजो बिहानै मोटरसाईकल लिई निस्किएको र अजसम्म घर नर्फिएको हुँदा कहींकतै देख्नुहुने महानुभावले तलको फोन नम्बरमा सम्पर्क गरिदिनुहोला ।