विचारा मजदुर, निष्ठुरी ट्रेड यूनियन
ट्रेड यूनियन नेताहरु त्यस घरका अभिभावक हुन भने मजदुरहरु परिवारका सदस्यहरु हुन । महामारीको जोखिमबाट निम्त्याएको सास्तीबाट मजदुरहरु बिचलित हुँदा अभिभावकले परिवारका सदस्यहरुको संरक्षण गर्नु पर्ने हो । मजदुरहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा उनीहरुको स्वास्थ्य, सुरक्षाका विभिन्न निकायहरुसंग समन्वयात्क भुमिका निर्वाह गर्नु पर्ने हो ।
