सन्तोष तिमल्सिना

विचारा मजदुर, निष्ठुरी ट्रेड यूनियन

  • by

ट्रेड यूनियन नेताहरु त्यस घरका अभिभावक हुन भने मजदुरहरु परिवारका सदस्यहरु हुन । महामारीको जोखिमबाट निम्त्याएको सास्तीबाट मजदुरहरु बिचलित हुँदा अभिभावकले परिवारका सदस्यहरुको संरक्षण गर्नु पर्ने हो । मजदुरहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा उनीहरुको स्वास्थ्य, सुरक्षाका विभिन्न निकायहरुसंग समन्वयात्क भुमिका निर्वाह गर्नु पर्ने हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सहकारीमा बिपत ब्यवस्थापनको खाँचो

  • by

संकटको रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि सिंगो अभियानले ऐक्यवद्धता जनाई कोरोना विरुद्धको अभियानमा हातेमालो गरौं ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संकटमा सहकारीको भूमिका

  • by

सहकारी भनेको सहकार्य अर्थात आफ्ना सेयर सदस्य र सामुदायिक हितका लागि आपसमा मिलेर काम गर्नु हो । अर्को शब्दमा सहकारीता भन्नाले समान इच्छा, आकाक्षा र समान आस्था भएका व्यक्तिहरूको प्रजातन्त्रिक नियन्त्रण, नैतिकता, इमान्दारीता, समानता एंव समन्वयमा आधारीत स्वतन्त्र र स्वायत्त सांगठानिक संस्था हो । समान उद्देश्य भएका एकै ठाउँमा बसोबास गर्ने र मन मिल्ने व्यक्तिहरू एक आपसमा मिलेर सामूहिक हितमा गरिने कार्य नै सहकारीको मूल अवधारणा हो । सहकारीताको सुरुवात सम्बन्धमा फरक—फरक धारणा आए पनि अठारौं शताब्दीको उत्तराद्र्ध्तिर औद्योगिक क्रान्तिको प्रभावबाट बेलायतमा देखा परेको आर्थिक सामाजिक परिवर्तनले सहकारी आन्दोलनको रूपमा विकास भएको भन्न सकिन्छ । नेपालमा सहकारीताको विकास वि.स २०१० सालबाट भएको पाईन्छ । २०१३ सालमा राप्ती विकास योजनाअन्तर्गत चितवन जिल्लाको बखानपुरमा स्थापित बखानपुर बचत ऋण समितिनै नेपालको प्रथम सहकारी संस्था रूपमा चिनिन्छ ।

‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने सहकारीको सर्वमान्य भावनालाई पालना गर्दै समाजमा छरिएर रहेको सानो परिमाणको पूँजीलाई बचतको रूपमा संकलन गरि सदस्यहरूको आर्थिक उन्नतीका लागि साना – ठूला व्यवसाय सञ्चालन गर्न सहकारीले ठूलो मद्दत पु¥याएको छ । ग्रामिण भेगका विपन्न वर्ग र समुदायका मानिसहरूलाई संगठित गरी उनीहरूमा रहेको स– सानो रकमहरूलाई संकलन गरी लघु व्यावसाय संचालनका लागि कर्जा प्रवाह गरी गरिबी निवारणमा सहयोग पु¥याउनु सहकारीको मर्म हो । संस्थामा आवद्ध सेयर सदस्यहरूको आवश्यकता, मनोभावना र सदस्यहरूको हितलाई मध्यनजर गरी सहकारी संस्थाहरूले विभिन्न कार्यहरू संचालन गर्ने गर्दछन् ।

सहकारीको माध्यमबाट नै समाजका विपन्न, अतिविपन्न वर्गका मानिसहरू लगायत किसान, मजदुर, ब्यावसायी, महिला वर्ग तथा समुदायलाई संगठित एवं एकत्रित गरी समाजमा छरीएर रहेका स–साना सिप र पूँजीहरूलाई संकलन गरी परिचालन गर्दै देशको आर्थिक तथा सामाजिक विकास सहयोग पु¥याएको सहकारी अभियान्ताहरू दाबि छ । बैंक तथा वित्तिय संस्थाहरू शहर केन्द्रित रहेको र सहकारी संस्थाहरूले ग्रामिण भेगदेखी दुरदराजसम्म सेवा संचालन गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भनाई हरेक सहकारी नेताहरूको मुखबाट हामी पटक पटक सुन्दै आएका छौं । सहकारी संस्थाहरूले सदस्यको जन्मदेखी मृत्युसम्मका कार्यक्रमहरू संचालन गर्दै आएका छन । सहकारी संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सेयर सदस्यहरूको हितमा अनवरत रूपमा लागिपरेको भनाईहरू हरेक सहकारी संस्थाहरूको बार्षिक प्रतिवेदनहरूमा उल्लेख गरेको पाईन्छ । सरसर्ती हेर्दा सहकारी संस्थाले मानिसको जीवन पद्धतिलाई परिवर्तन गरिदिएकोे देखिन्छ । सेयर सदस्यहरूको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका साथै आधारभूत आवश्यकता परिपूर्तीका लागि सरल र सहज ढंगबाट वस्तु तथा सेवा प्रदान गरी जिवनयापन सहज पार्ने प्रतिवद्धता सहित सहकारी संस्थाहरूले सदस्यता विस्तार गर्ने गरेका छन । यसर्थ सहकारीहरूले बारम्बार प्रयोग गर्दै आएको “सदस्यहरूको हितमा समर्पित” भन्ने शब्द नाराका रूपमा प्रयोग मात्र नभईवास्तविकता बन्न सकोस् ।

वर्तमान परिप्रेक्षमा विश्वभर कोरोना भाइरसको महामारी फैलिएकोको छ । जसका कारण लाखौं मानिस संक्रमित भएका छन् भने हजारौले ज्यान गुमाएका छन । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको असर नेपालमा पनि देखा परेको छ । चिनको बुहान सहरमा देखा परेको भाईरस विश्वभरपैmलिसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको संक्रमणलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरेको छ । नेपाल पनि कोरोना भईरस संक्रमणको सम्भावित उच्च जोखिम मुलुक रूपमा चिनिन्छ । यसको जोखिम न्यूनिकरणका लागि सरकारले देश भार लकडाउनको घोषणा गरेको छ । संक्रमण न्यूनिकरणका लागि कतिपय सहकारी संघसंस्थाहरूले सेयर सदस्य तथा समुदायमा जनचेतनामूलक गतिविधिहरू संचालन गरेका छन भने सचेत रही कार्य गर्न अपिल गरेका छन् । केही सहकारी संस्थाहरूले ब्याजमा छुट दिएका छन, केहीले स्वास्थ्य सामाग्रीहरू (माक्स, सेनिटाईजर, पन्जा) वितरण गरेका छन् । बैंकहरूले जस्तै सहकारीले सदस्यहरूलाई एटिएम कार्ड तथा मोबाईल बैकिङमार्फत कारोवार गर्न अभिप्रेरित गरेका छन्, तर डिजिटल बैकिङ सेवा उपलब्ध गराउने सहकारीहरूको संख्या हातको औंलामा मात्र सिमित छन । संकट समयमा बैंक तथा वित्तिय संस्थाहरूले पूर्णकालीन सेवा प्रदान गर्न सकिरहेका छैनन् भने केही सहकारी संघसंस्थाहरू भन्दा बाहेक अधिकाशं सहकारी संस्थाहरू पूरै बन्द अवस्थामा छन् ।

सहकारीको उत्पत्ति नै संकटको सामना गर्नको लागि भएको हो । आधुनिक सहकारीको इतिहास सन् १८४४ को डिसेम्बर २१ का दिन वेलायतको म्यानचेष्टर सिटीबाट सुरु भएको हो । औद्योगिक क्रान्ति पश्चात वेलायतको रोचडेल सहरमा बसोबास गर्ने कपडा कारखानामा काम गर्ने मजदुरहरूले मिल मालिक एंव पुंजिपतिहरूको चर्काे शोषणका विरुद् २८ जना मजदुरहरूले एक—एक पाउण्ड जम्मागरी रोचडेल इक्विटेवल पायोनियर सोसाइटी नामक उपभोक्ता पसल खोली सहकारीको शुरुवात गरिएका थिए । यस पश्चात १८५० जर्मनमा बचत तथा ऋण सहकारी, सन् १८६५मा अमेरिका,सन् १८६६ मा इटली, सन् १८७० मा क्यानडा मा बचत तथा ऋण सहकारी संस्थाहरू स्थापना भएको देखिन्छ भने सन् १८८६ माडेनमार्कमा दुग्ध सहकारी, सन् १९०४ मा भारतमा र सन् १९१२ चीनमा कृषि सहकारी सस्थाहरू गठन भई विश्वभर सहकारीको दायरा फराकिलो हुँदै गएको पाईन्छ ।नेपाली परिवेशमा सहकारीको इतिहासलाई नियालेर हेर्दा वि.स २०११ सालको भिषण वर्षा र बाढी पहिरोबाट उत्पन्न संकट मोचनका लागि चित्तवनका युवाहरूको सक्रियतामा वि.स २०१३ सालबाट सहकारी आन्दोलनको सुरुवात भएको पाईन्छ ।

यतिबेला देशमा संकटको सामना गरी रहेको छ । कोरोना संक्रमणको त्रासले देशनै लकडाउनमा छ । घरमै बसेर सबैले सुरक्षित हुने प्रयास गरिरहेका छन । लकडाउनका कारण जनजिवन प्रभावित भएको छ । स्वास्थ्य, खाद्यन्न, ढुवानी, बैंक( वित्तीय, सञ्चार सेवा लगायत अत्यावश्यक बाहेक अरु सबै कार्यहरू निषेधित छन । सहकारी संस्थाहरूले पनि लकडाउनको पालना गर्दै कार्यालयहरू बन्द गरेका छन । सेवा सूचारु गर्नका लागि सबै सहकारी संघ(संस्थालाई सहकारी विभागले केही दिन अघि परिपत्र गरेको थियो । असहज र बिषम परिस्थितीमा स्थानीय प्रसाशनसंग समन्वय गरी आफ्ना सदस्यहरूलाई प्रभावकारी सेवा दिदै सम्पूर्ण प्रकृति खाताहरू नियमित रूपमा संचालनमा ल्याउने, संस्थामा तरलता ब्यवस्थापन गर्दै नियमित रूपमा जीवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाहको व्यवस्था मिलाउने विभागले निर्देशन दिएको थियो । कतिपय सहकारी संघ(संस्थाहरूले विभागको निर्देशनको पालना गर्दै आंशिक सेवा प्रदान गर्दै आएका छन भने कतिपयल सेवा संचालन गर्न सकिरहेका छैनन्। लकडाउनको समयसिमा लम्बिएसंगै सहकारी संस्थाहरूलाई पनि सेवा संचालन गर्न चुनौती नै छ । केही सहकारी संस्थाहरूले माहामारीले सामान्य रूप नलिएसम्मका लागि सम्पर्क व्यक्तिहरू तोकी अत्यावश्यक सेवाहरू संचालन गर्दै आएका छन ।

सहकारी संस्थाले आफ्ना सेयर सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरू सञ्चालन गरी त्यसमा उनीहरूलाई सहभागी गराउन सक्नु पर्दछ । गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्यायअत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गरी समुदायमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावनाले सदस्यहरूको आर्थिक तथा सामाजिक क्रियाकलापमा सहयोग गरी समृद्ध समाज निर्माण गर्नु सहकारीको दायित्व हो । संकटको बेला यि सबै कार्यहरू एकै पटक सम्पन्न गर्न सम्भव नहुन पनि सक्छ । तर आगामी दिनमा सहकारी संस्थालाई कसरी संचालन तथा ब्यवस्थापन गर्ने, सहकारीप्रतिको सदस्यहरूको विश्वास र साथलाई कसरी कायम राख्ने, संकट सामना गर्नका लागि के कस्ता रणनीतिहरू निमार्ण गर्ने, महामारीबाट सदस्यहरूमा पर्न गएको असरलाई के कसरी न्यूनीकरण गर्ने र संकटमा सहकारीको भूमिका के हो भन्ने बिषयमा सहकारीकर्मीहरूले स्पष्ट धारणा बनाउन जरुरी देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘लकडाउन’ बन्दको मानसिकता !

  • by

आफ्नो घर अगाडिको बाटो छेकेर आफू चाहिं दिनभरि सात गाउँ डुलेर अन्तको हालखबर ल्याएर साँझ घर छेउकै पसलमा बसेर यहाँ यस्तो भएछ, त्यहाँ उस्तो भएछ भनेर गफ दिएकै भरमा आफू सुरक्षित महशुष गर्नु कतिको बुद्धिमानी होला ।

साँझको समय कोठा अगाडिको बाटो हल्लाखल्ला सुनियो । के भएछ भनेर बाहिर निस्किएँ । टोलका युवाहरू भेला भएर कोही बाँस ओसार्दै थिए, कोही बाटो साना साना खाल्डा बनाउँदै थिए । एकछिन त्यही बसेर हेरिरहें ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सयपत्री सम्मान र आर्थिक पाटो

  • by

सम्मान शब्दले आदर, सत्कार गर्नु भन्ने अर्थ राख्दछ । नेपाली शब्दकोश अनुसार सम्मान भन्नाले विशेष मान, ठुलो आदार वा सत्कार, इज्जत, प्रतिष्ठा भन्ने बुझिन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गाउँ, समाज र राष्ट्रका लागि केही गरौं भन्ने सामाजिक भावनाले ओतप्रोत भई निःस्वार्थ रुपमा सामाजिक सेवामा लाग्ने व्यक्ति नै समाजका सम्मानित व्यक्तित्वहरू हुन । यस्ता व्यक्तिहरुलाई समाजले कुनै न कुनै रुपमा सम्मान गरिरहन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बनेपामा ज्योतिष्मतिको चौथो अङ्क विमोचन

  • by

ज्योतिष्मति साहित्यिक संगमले वार्षिक पत्रिका ज्योतिष्मतीको चौथो अंक शनिबार विमोचन गरेको छ । काभ्रेको धनेश्वरस्थित आदर्श विद्या मन्दिरमा आयोजित एक कार्यक्रममा पत्रिका विमोचन गरिएको हो ।

उक्त कार्यक्रममा कवि गोष्ठी र सम्मान समर्पण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काभ्रेमा बृहत् साहित्य सम्मेलन हुने

  • by

काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक बृहत् साहित्य सम्मेलन हुने भएको छ । बनेपास्थित उग्रचण्डी होटलमा यही फागुन २० र २१ गते राष्टिय स्तरको साहित्यिक कार्यक्रम हुन लागेको हो । सम्मेलनमा देशका विभिन्न स्थानबाट साहित्यकारहरुको उपस्थिति रहने छ साथै कला साहित्य सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना हँुदैछ । पाइला फाउण्डेसन नेपालको आयोजना तथा जिल्लाका सबै सक्रिय साहित्यिक संस्थाको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो । बृहत् साहित्यिक सम्मेलनका बारेमा छिट्टै पत्रकार सम्मेलनको आयोजना गरेर विस्तृत जानकारी दिइने सम्मेलन आयोजक समितिका संयोजक नरेन्द्रकुमार नगरकोटीले जानकारी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
logo sayapatri

यसरी नै फुलिरहोस् सयपत्री

  • by

काभ्रे जिल्लालाई साहित्यको उर्वर भूमि मानिन्छ । यही उर्वरभूमि कला, साहित्यको खेती हुने गर्दछ, र अनेकौ कृतिहरूको सिर्जना भएको छ । काभ्रेली भूमिमा बिजारोपण भएका कतिपय सामाजिक तथा साहित्यिक संघ संस्थाहरू विलय हुने गएका छन भने कतिपय विभिन्न आरोह अवरोहलाई पार गर्दै गन्तव्य पथमा निरन्तर लम्किरहेका छन । राष्ट्रवादी भावनाले ओतप्रोत ती सामाजिक संस्थाहरू सममाजका गहनाका रुपमा सावित भएका छन । जसको उदाहरणको रुपमा सयपत्री प्रतिष्ठान नेपाल, जनागाल काभेलाई लिन सकिन्छ । वि.स २०५१ सालमा युवा शक्ति नै समाजको बल हो भन्ने नारा लिएर काभ्रेली भूमिमा अंकुराए सयपत्री प्रतिष्ठान आफ्नो स्थापनाको २२ औं वर्ष यात्राहरूलाई पार गर्दै सबैमा सुवाष छर्न सफल भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विपत्तिमा छटपटाएको गाँऊबस्ती

  • by

एक हप्ता अगाडि मातातिर्थ औंसीमा म घर जाँदा सिमसिमे परेको पानीसँगै हरीयालीले छाएको मेरो गाउँ हप्ता दिनमै एकाएक उजाडिएको छ । गत शनिवार लमजुङलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी महाभूकम्पले मेरो गाउँको सौर्न्दर्यता लुटिदिएको छ । खुशीलाई आँशुमा बदल्दिएको छ । सबैको मनमा पीडा दिएर आँशु झेलमा रुमलिदिएको छ । मध्ये दिनमा गएको यो महाभूकम्प भयानक कालरात्रीमा बन्न पुग्यो । विपतको यो घडीमा स्वदेशी, विदेशी र नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरीका साथै अन्य संघ संस्थाहरूले र्घाईतेको उद्धार गर्न तल्लिन भएर खटिएको छ । कसैले पनि नसोचेको विपत्तिले छट्पटाएका छन अधिकांश गाउँबस्तीहरू ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सयपत्री राष्ट्रिय सम्मान २०७१

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्मजयन्तीको अवसरमा शिक्षाविद् तथा काठमाण्डौं विश्वविद्यालयका पूर्व-उपकुलपति प्रा.डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा वरिष्ठ साहित्यकारद्वय एस.पि आशाज्यू तथा हरिप्रसाद पाण्डेज्यूलाई (दम्पति सहित) सयपत्रि राष्ट्रिय सम्मान २०७१द्वारा सम्मानित गरिने तथा राष्ट्रिय स्तरका कविहरू र काभ्रे जिल्लाका कविहरूको कविता वाचन गर्ने विशेष कवि गोष्ठी हुने भएकाले उपस्थितिका लागि सादर अनुरोध गर्दछौं ।

मिति : २०७१ कात्र्तिक ६ गते लक्ष्मीजयन्ती
समय : विहान ११:०० बजे
स्थान : जनज्योति मा.वि उग्रतारा जनागाल काभ्रे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाकवि देवकोटा र मुनामदन खण्डकाव्य

  • by

नेपाली साहित्यका क्षेत्रमा कलम चलाउने थुप्रै विद्वानहरू मध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटालाई महान हस्तीका रुपमा चिन्ने गरिन्छ । वि.स १९६६ साल कात्तिक २७ गते शुक्रवार काठमाण्डौंको डिल्लीबजार धोबिधारामा पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवीका छ भाइ छोराहरू मध्ये तेस्रो पुत्रको रुपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको थियो । उनको न्वारणको नाम तिर्थमाधव देवकोटा भएता पनि तिहारको लक्ष्मी पूजाको दिन जन्मिएका हुनाले लक्ष्मीप्रसाद भनिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
MayaThakuri

लक्ष्मीजयन्तीमा सयपत्रि सम्मान

  • by

बनेपा

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औ जन्म जयन्तीको अवसर पारेर काभे्रको सयपत्री प्रतिष्ठान नेपालले २ जना साहित्यिकारहरूलाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मान गर्ने भएको छ ।

नेपाली भाषा–साहित्यको उत्थान, विकास र विस्तारमा सक्रिय बरिष्ठ कथाकार माया ठकुरी र उनका श्रीमान इ. दामोदर शर्मा तथा बरिष्ठ चन्द्रकला नेवार र उनका श्रीमान् डा.डी.बी श्रेष्ठलाई यस बर्षको सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मान गर्न लागेको सयपत्री प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णकुमार के.सीले जानकारी दिनु भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लक्ष्मीजयन्ती र सयपत्रि राष्ट्रिय सम्मान

  • by

यति खेर नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सबैको घर आंगनमा आएको छ । फूल र दीपहरूको चाड तिहारको आगमनलाई सबै नेपालीहरूले स्वागत गरिरहेका छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मौलिकता भुल्दै तीजको गीत

  • by

तीज आउन अँझै आधा महिनै बाँकी छँदै सञ्चार माध्यमहरूमा तीजका गीतहरू घन्किन थालेको छ भने तीज पर्वको उपलक्ष्यमा विभिन्न साँस्कृतिक एँव सामूहिक दर खाने कार्यक्रमहरूको समेत आयोजना हुन थालेको छ । यति मात्र हैन शहर बजारका ब्युटी पार्लर र चुरा पसलहरूमा सौभाग्यको प्रतिक मानिने पोते, धागो, चुरा र सिन्दुरका अतिरिक्त फेन्सी पसल र सुन चाँदी पसलहरूमा समेत महिलाहरूको आवत जावतले अहिले देखी नै तीजको रोमान्चक बढाइदिएको छ । धार्मिक मिथकसँग जोडिएको हिन्दु नारीहरूको महान् पर्व तीज आउनु पूर्व नै यसको प्रभाव शहर बजारमा मात्र हैन गाउँघरहरूमा समेत रौनकता छाइसकेको छ । टलिभिजनका स्क्रीनमा देखिएका गीतका प्रोमोहरूले अँझ तीजकै दिनको जस्तै आभाष गराएको छ । तर पछिल्ला केही बर्ष यता तीजलाई लक्षित गरेर बजारमा निकालिएका गीत संगीतहरू यसको मौलिकतालाईभन्दा पनि ब्यावसायिकतालाई बढी जोड दिन थालिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सहकारी अभियानको स्वर्णयुग

  • by

नेपाली इतिहासको कठिन मोडहरूलाई पार गर्दै नेपालको सहकारी अभियानले एउटा स्वर्णयुगलाई छर्लङ्ग मारिेको छ । यस कालखण्डमा सहकारी अभियानले अनेकांै आरोह अवरोहहरूलाई पार गर्दै ५६ औ बर्षमा आईपुग्दा समग्र देशको आर्थिक तथा सामाजिक रुपान्तरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेको छ । यस्तै राज्यको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी संस्था पनि एक बलियो आधार स्तम्भ रुपमा राज्यद्वारा घोषणा भइसकेको छ । वि.स २०१३ साल चैत्र २० गते शारदानगर गाविस चित्तवन बखानपुरका बखान बहादुर सिंह गुरुङ्गको संरुक्षणमा स्थापना भएको बखानपूर बचत ऋण समितिको स्थापनाबाट नै नेपालमा सहकारी अभियानको जग बसेको पाइन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उनीप्रतिको मेरो प्रेम

  • by

जीवनबाट नै प्रेमको सिर्जना हुन्छ । जब एउटा नविन जीवनको सुरुवात हुन्छ, तब प्रेमको सिर्जना हुन्छ । सृष्ट्रिकाल देखी नै प्रेमको सुरुवात भएको पाईन्छ । प्रेम भावनात्मक रुपमा दुई आत्मा बिच हुने गर्दछ । प्रेम जीवनको मार्गदर्शन हो जहाँ दुई आत्माको सम्बन्ध प्रगाढ रहनछ । तर वर्तमान समयमा प्रेमलाई फेशनका रपमा लिईन्छ । जसरी बजारमा दिनप्रतिदिन नयाँ डिजाईनको चलन चल्छ, त्यस्तै दुई चार दिनको अन्तराल पछि प्रेमको स्वरुप बदलिन थाल्छ र कस्ले धेरै प्रेमी वा प्रेमिका बनाउन सक्ने भन्ने प्रतिस्पर्धा चलेको देखिन्छ । आजकाल प्रेमभावनासँग नभएर अनुहारको सुन्दरतासँग गर्ने गरेको पाईन्छ । कामवासना र क्षणिक स्वार्थपूर्तीका लागि मात्र प्रेमको नाटक रचेको देखिन्छ । यति मात्र हेन पहिलो पल्ट कुनै नौलो केटा वा केटीसँग भेट्दाको नजर जुधाईलाई नै प्रेम मानिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20121121_SantoshTimalsina_News

सयपत्री प्रतिष्ठानको सष्ट्रा सम्मान

  • by

शरद ऋतुको उमङ्गसँगै नेपाली परिवेशमा भित्रिएको तिहार रमझमले दिदी र भाइको सम्बन्धलाई प्रघाट बनाउने मात्र हैन नेपाली साहित्य जगत केही हस्ती र सयपत्रि प्रतिष्ठानसँग मेल गराईदिएको छ ।

नेपाली साहित्यिक क्षेत्रका सबैभन्दा लोकप्रिय साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको जन्म पनि तिहारको लक्ष्मी पूजाको दिनमा भएको हुँदा नेपाली साहित्य क्षेत्रले आजको दिनलाई विशेष रुपमा मनाउने गरेकाछन् । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२औं जन्मजयन्ती हो । उहाँको जन्मजयन्तीलाई धुमधामसम्म मनाउन मुलुकभरका साहित्यि संस्थाहरू सक्रिय रुपमा लागिरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20121117_SantoshTimalsina_Lekh

विकासको बाटोमा फड्को मार्दै ढुंखर्क

  • by

काभ्रेपाञ्चोक जिल्लाको दक्षिणी भेगको रमणीय र पर्यटकीय स्थलको रुपमा ढुंखर्क गा.वि.स.लाई लिने गरिन्छ । राजधानी काठमाण्डौबाट ४२ किलोमिर र सदरमुकाम धुलिखेलबाट २३ किलोमिटको दुरीमा अवस्थित यस गा.वि.स भौगोलिक वनावट, धार्मिक विविधता, पर्यटकीय सम्भाव्यता र मनोरम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको छ ।

चारैतिर हरियालि लेकबेशीका साथै महाभारत पर्वत श्रृङ्खलाको काखमा अवस्थित यस गा.वि.सको पर्यटकीय एवं प्राकृतिक छटाहाले साँच्चै नै यहाँ आउने जो कोहीको पनि मन मोहित पार्दछ । अझ काभ्रेकै उच्च स्थानमा रहेको नारायण स्थान मन्दिरले ढुंखर्कको मात्र नभई काभ्रेको पहिचान र चिनारीको केन्द्रविन्दु बनेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •