विचारा मजदुर, निष्ठुरी ट्रेड यूनियन

  • by

ट्रेड यूनियन नेताहरु त्यस घरका अभिभावक हुन भने मजदुरहरु परिवारका सदस्यहरु हुन । महामारीको जोखिमबाट निम्त्याएको सास्तीबाट मजदुरहरु बिचलित हुँदा अभिभावकले परिवारका सदस्यहरुको संरक्षण गर्नु पर्ने हो । मजदुरहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा उनीहरुको स्वास्थ्य, सुरक्षाका विभिन्न निकायहरुसंग समन्वयात्क भुमिका निर्वाह गर्नु पर्ने हो ।

पछिल्लो समय विश्व कोरोना भाइरस संक्रमण महामारीले ग्रसित भएको छ । कोभिड–१९ संक्रमणको प्रभाव नेपालमा पनि परेको छ । देशले बिपद्को सामना गरिरहेको छ । महामारीको रोकथाम र न्यूनिकरणका सरकारले बन्दाबन्दी (लकडाउन)को घोषणा गरेको पनि १ वितिसक्यो ।ं लकडाउनका कारण देशको उद्योग, कारखाना, ब्यावसाय, कृषी, सेवा, वित्तिय क्षेत्र लगायत सबै क्षेत्रहरु ठप्प छन् । जसका कारण धेरै संख्यामा मजदुरहरु काम विहिन भएका छन । दिनभरी पसिना चुवाएर बिहान बेलुकाको छाक टार्ने मजदुरहरुलाई अन्योलमा परेका छन् । कर्मथलोमा खानबस्न धौधौ भएपछि गाँऊ फर्किने निधो गरी पैदलमार्ग हुँदै गन्तव्यतर्फ लम्किरहेका मजदुरहरूलाई राज्यले त देख्न सकेन तर मजदुरहरुकै छाता संगठन ट्रेड यूनियनले समेत साहारा पाउन सकेनन् ।
मजदुरहरुको पेशागत संगठन नै ट्रेड यूनियन हो । ट्रेड यूनियनले श्रमिकहरुको पक्षमा उभिएर न्याय दिलाउन सक्नु पर्दछ । ट्रेड यूनियन ऐन, २०४९ ले टेड्र युनियन भन्नाले कामदारहहरुको पेशागत हक हितको संरक्षण र सम्वद्र्धन गर्न यस ऐन बमोजिम दर्ता भएको प्रतिष्ठान स्तरको टेड्र युनियन सम्झनु पर्छ र सो शब्दले टेड्र युनियन संघ तथा टेड्र युनियन महासंघलाई समेत जनाउँछ भनि परिभाषित गरेको छ । मजदुरहरुको क्षमता अभिबृद्धि गरी उनीहरुको आर्थिक र सामाजिक समुन्नतिको लागि कार्यसम्पादन गर्ने उद्देश्यले नै ट्रेड यूनियनहरु स्थापित हुन्छन् । श्रमिकहरुको हक हितको संरक्षण र सम्वद्र्धन गर्ने सम्बन्धमा नेपाल सरकारसंग वार्ता गर्ने र प्रचलित कानूनको अधीनमा रही अन्य आवश्यक उपायहरु अपनाउनु ट्रेड यूनियनको प्रमुख कार्य हो । श्रमिकहरुको सुखदुःखमा ट्रेड यूनियनले हातेमालो गर्नु पर्ने हो, तर महामारीको यो बिषम परिस्थितीमा ट्रेड यूनियनको खासै भूमिका देखिएन ।
लकडाउनको समय सिमा लम्बिदै गर्दा कतिपय श्रमिकहरुले पारिश्रमिक पाएका छैनन् । प्रतिष्ठानहरुले समयमै श्रमिकहरुलाई पारिश्रमिक भुक्तानी नगर्दा मासिक तलबकै भरमा डेरामा परिवार सहित जीवन गुजार्नेहरुको लागि थाल टोक्नु न भात खानुको अवस्था सिर्जना भैसकेको छ । संकटको घडीमा त्यो निष्ठुरी ट्रेड यूनियन कानमा तेल हालेर मस्त सुस्ताई रहेको भान हुन थालेको छ । मजदुर र सर्वहारा वर्गको पक्षमा आफ्नो जीवन समर्पण गरेको भनेर घण्टौंसम्म चिच्याए भाषण गर्ने ट्रेड यूनियन महासंघको नेताहरुको आजकाल के भएर गाला बसेछ बुझ्न सकिएन ।
विभिन्न राजनीति पार्टीले भातृ संस्थाको रुपमा मजदुर संगठनहरु स्थापना गरेका छन् । श्रमिकहरुको हितका लागि भनेर गठन गरिएका ति मजदुर संगठनको नेतृत्व गर्ने नेताहरु बिपतीमा परेका श्रमिकहरुको समस्यालाई बुझ्न चाहेनन् ? श्रमिकहरुका लागि मजदुर संगठन एउटा घर हो ।

ट्रेड यूनियन नेताहरु त्यस घरका अभिभावक हुन भने मजदुरहरु परिवारका सदस्यहरु हुन । महामारीको जोखिमबाट निम्त्याएको सास्तीबाट मजदुरहरु बिचलित हुँदा अभिभावकले परिवारका सदस्यहरुको संरक्षण गर्नु पर्ने हो । मजदुरहरुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा उनीहरुको स्वास्थ्य, सुरक्षाका विभिन्न निकायहरुसंग समन्वयात्क भुमिका निर्वाह गर्नु पर्ने हो । लकडाउनको समय, कोरोनाको त्रास, बेरोजगार अवस्था, चकमन्न शहरमा दैनिकी गुजार्न हम्मेहम्मे परेका श्रमिकहरु जीवन जीउने आशामा दिनरात नभनि स–साना लालाबाला सहित कुम्लोकाम्लो च्यापेर जन्मथलो तिर लम्किँरहँदा समेत मजदुरका नेताहरुले अरु त परै जाओस, सान्त्वनाका दुई शब्द सहित बाईबाई समेत भन्न आएन । आफुलाई मजदुरहरुको नेता, सर्वहारा वर्गको नेतृत्वकर्ता भन्न रुचाउनेहरुको यो ब्यावहारले बोलीमा कतिको सत्यता छ र संगठनका सदस्यहरु प्रति कतिको जिम्मेवार छ भन्ने कुरा छर्लङ्ग पारेको छ ।
यसरी दिनरात, घामपानी, भोकप्यास केही नभनि बालबच्चा, गर्भवती महिलाहरु लगायत पैदल यात्रीहरुको लस्कर, अनि त्यो भित्र लुकेको दर्दानक कथालाई बुझेर केही सामाजिक संघ संस्था, समाजसेवी व्यक्तित्व, राजनैतिक दलका भातृ संगठनहरुले कतै बाटोमा खाना खुवाए, कतै विहान चिया नास्ता, खुवाए, कतिपय स्थानहरुमा पानी, चाउचाउ, विस्कुटहरु वितरण गरी यात्रालाई सहज बनाई दिए । अहिले प्रधानमन्त्रीको सम्बोधन पश्चात यातायतको व्यवस्था मिलाई वटुवाहरुलाई सहजीकरण गरिएका उदाहरणहरु छन ।

आफ्नो स्वार्थ पूरा गर्न हजारौं मजदुरहरुलाई सडकमा उतारेर शक्ति प्रदर्शन गरेर प्राप्त गरेको पद र प्रतिष्ठालाई सबैले नेताहरुले भुल्न मिल्दैन । सरकारले मजदुरहरुको सम्मानमा मे १ तारीका दिन अन्तराष्ट्रिय श्रमिक दिवस मनाई १ दिन सार्वजानिक बिदा दिने गरेको छ । यति मात्रले मजदुरहरुप्रतिको जिम्मेवारी पूरा हुन्छ त ? मजदुरहरुलाई मे–१ चाँहिदैन सरकार बरु त्यो दिनसम्म टिकाउने काम गर । बिपद्को सामना पछि उनीहरु फेरी श्रम गरेरै बाँच्ने छन् ।

मिति ः २०७७÷०१÷१० गते बुधबार पलाञ्चोक साप्ताहिक प्रकाशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *