Skip to content

Jpanjan

कहाँ गयौ

कुन दुनियाँमा गयौ भेट्ने गाह्रो भयो
तिम्रो यादले मलाई जिउँदै मर्ने भयो

तिम्रो नाउँ गाउँदा गाउँदै घाटी सुक्यो
नाम कारेर बोलाउन मुस्किल भयो

किन जान्छ्यौ धेरै टाढा मलाई छोडी
तिमी बिना जिन्दगी सुन्यता भयो

तिम्रो सहयात्री बन्ने मेरो चाहना
पानी बिनाको डुँगा जस्तै हुने भयो

यो जिन्दगीमा खुसीनै खुसी खोज्दा
सधै गहभरि आँशुले नै भर्ने भयो

जे.पी अन्जान
दोहा -कतार
०४/०८/२०११

नियतिलाई देखेर

आफूले आफैँ बुझ्न सकिन
आँशु लुकाएर हाँस्न सकिन ।

सपनाहरू सिसा झैँ टुटिगए
खुसी कहिल्यै पाउन सकिन ।

दु:खको रणमैदानमा चोट खाए
बिजयको हात पार्न सकिन ।

नियतिलाई देखेर दिक्क लग्यो
आनन्दको अनुभूत गर्न सकिन ।

सधै पसिना बगाउँदा पनि
जसको मोलै पाउन सकिन ।

जे. पी अन्जान
दोहा – कतार
२/०८/२०११

दुखेको दिल

दुखेको दिल छाती चिरेर देखाउन नमिल्ने ।
झरेको आँशु हाँसोसँग साट्न नमिल्ने ॥

आगोको रापमा जलिरहेको आत्मा बोकी ।
भोलि के हुन्छ भविष्यवाणी गर्न नमिल्ने ॥

मुटु दुखेर स्वशनै फेर्न गाह्रो भए पनि ।
जिन्दगीको अन्जान यात्रा रोक्न नमिल्ने ॥

जे.पी.”अन्जान”

आँशु लिएर नआऊ

हृदयबाट माया गर्छ्यौ भने, भन्दिन मेरो जीवनमा नआऊ
मेरो सहयात्री बन्छ्यौ भने, भन्दिन मेरो बाटोमा नआऊ

दोबाटोको चौतारीमा मनको भारी बिसाउन मात्र आउछ्यौ भने
स्वर्ग छुने दुई दिनको माया देखाएर मेरो नजिक नआऊ

बलेसीको पानी झैँ आँशु बगाएर मरुभूमिमा जलिरहेको बेला
क्षणिक रोमान्सको जात्रा हेर्न मेरो दु:खामा कहिल्यै नआऊ

जे.पी.”अन्जान”
दोहा-कतार