Jpanjan
कहाँ गयौ
कुन दुनियाँमा गयौ भेट्ने गाह्रो भयो
तिम्रो यादले मलाई जिउँदै मर्ने भयो
तिम्रो नाउँ गाउँदा गाउँदै घाटी सुक्यो
नाम कारेर बोलाउन मुस्किल भयो
किन जान्छ्यौ धेरै टाढा मलाई छोडी
तिमी बिना जिन्दगी सुन्यता भयो
तिम्रो सहयात्री बन्ने मेरो चाहना
पानी बिनाको डुँगा जस्तै हुने भयो
यो जिन्दगीमा खुसीनै खुसी खोज्दा
सधै गहभरि आँशुले नै भर्ने भयो
जे.पी अन्जान
दोहा -कतार
०४/०८/२०११
आँशु लिएर नआऊ
हृदयबाट माया गर्छ्यौ भने, भन्दिन मेरो जीवनमा नआऊ
मेरो सहयात्री बन्छ्यौ भने, भन्दिन मेरो बाटोमा नआऊ
दोबाटोको चौतारीमा मनको भारी बिसाउन मात्र आउछ्यौ भने
स्वर्ग छुने दुई दिनको माया देखाएर मेरो नजिक नआऊ
बलेसीको पानी झैँ आँशु बगाएर मरुभूमिमा जलिरहेको बेला
क्षणिक रोमान्सको जात्रा हेर्न मेरो दु:खामा कहिल्यै नआऊ
जे.पी.”अन्जान”
दोहा-कतार
