Skip to content

कुन दुनियाको संसारमा जाने हो जाउँ


कुन दुनियाको संसारमा जाने हो जाउँ
जहाँ यास आराम मिल्छ त्यही जाउँ ।

म गरिव सानो झुपडीमा गुजारा चलाउने
धनी र गगन चुम्बी महल खोज्दै जाउँ ।

खुसीको बदला निराशाहरू दियर गयौ
हर्षको खुसीले ठेस लाग्ला सुस्त जाउँ ।

तुक्रियाको मुटुलाई जोड्दै बाचेकै छु
तिमी सपनाको महल बनाउदै जाउँ ।

मेरो दिलको मझेरीमा आगो लगायौ
अब बसन्तको नयाँ आगमनसंगै जाउँ ।

तिम्रो यात्राको भगवानसंग प्राथना गर्छु
क्षणिक माया लगायर गयौ राम्रोसंग जाउँ ।

जे. पी. ” अन्जान”
दोहा – कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *