Skip to content

Rekhasubba

ज्ञान छर्नु नारी

धमिलो कुवा हैन सङ्लो खोलाको पुल तर्नु नारी
रुढीवादी संस्कार हट्ने चेतना बाड्ने गर्नु नारी

सृष्टिको रचना गर्ने धर्तीको माता महान तिमी
न्यायको खोजीमा सधै बिद्रोही भएर सर्नु नारी

घरधुरी मै खाँदेर रहेका तिम्रा साहासहरू
फुटाइ अधुरा सपनामा रङ्गै रंग भर्नु नारी

साँचो प्रेम गरे आखिर् के बिराए

तिमीसँग साँचो प्रेम गरे आखिर् के बिराए
लत्यायौ मै वियोगमा परे आखिर् के बिराए

ढुक्ढुकी नै चल्थ्यो तिम्रै नाम्मा मेरो सधैभरि
धोका दियौ आफै झन्डै मरे आखिर् के बिराए

मायाका यी कुरा गर्दा घृणा जाग्यो त्यो मुटुमा
यो मुटु मै मैले दर्द भरे आखिर् के बिराए

तिम्रै प्रीत्मा पागल भै चिच्याउँदै रुदाखेरी
समाजको नजर्बाट झरे आखिर् के बिराए

दायित्व नै भुलि तिम्ले मेरो सप्ना भंग पार्दा
रुदैरुदै सात्समुन्द्र तरे आखिर् के बिराए

आफ्नै खोटो कर्मलाइ धिकार्दै जिए प्रिया

हाँसो खुशी सबै तिमीलाई नै दिए प्रिया
दुख र पिडा जति मैले आफै लिए प्रिया

तिम्लाई हरेक मोडमा सुखी राख्ने धोको
भएर त दश नंग्रा खियौंदै थिए प्रिया

ए भमरा ! फूललाई मायाले घेरेर आऊ

ए भमरा ! फूललाई मायाले घेरेर आऊ
रस चुस्न बोटलाई मुटुले बेरेर आऊ

कोपिला र ओइलेको फूलमा हैन निम्त्यायो
भने मात्र फक्रेको फूललाई हेरेर आऊ

नगाड है जबर्ले खिल तिम्रो बरु जरामा
धमिरा नलागोस भन्ने सोंच फेरेर आऊ

मुटुभित्र असह्य चोट पर्नु परे जिन्दगीमा

मुटुभित्र असह्य चोट पर्नु परे जिन्दगीमा
नयनबाट धेरै आँसु झर्नु झरे जिन्दगीमा

हृदयमा पलाएका सारा रंगीन् कल्पनाहरू
नियतिले बज्र हानेर मर्नु मरे जिन्दगीमा

आत्माभित्र गम्भीर व्यथा लुकै दुनियाँको सामु
बनावटी यो हाँसोहरू छर्नु छरे जिन्दगीमा

कुन्नि किन हाँस्दाहाँस्दै रुन्छु अचेल

कुन्नि किन हाँस्दाहाँस्दै रुन्छु अचेल
आसुँले नै तन मन धुन्छु अचेल

बियोगको पीडाभित्र डुबी हिड्दा
जताततै चित्कार यो सुन्छु अचेल

चर्की गए शिशा झै लक्ष्य बिपनामा
सारा रहर सपनामै बुन्छु अचेल

मेरो सोझो मन खारेर गयो

मेरो सोझो मन खारेर गयो
चोखो मुटु चाहारेर गयो

जहाँबाट आयो ऊ त्यही बाटो
पछि-पछि पाइला सारेर गयो

मलाई माया गर्छ वा गर्दैन
नभनी दोधार पारेर गयो

RekhaSambahamphe

त्यो फूल कसरी झार्यौ है

कोपिलाबाट फक्रेको त्यो फूल कसरी झार्यौ है
सृष्टिले दे’को सुन्दर जीवन आफैले मार्यौ है

जानु नै पर्ने यो धर्ती छाडी हो कुरा ध्रुबसत्य
रहस्य लुकै मृत्युलाई चाडै किन स्विकार्यौ है

हँसिलो मुहार अल्लारे बैशलाई माटोमा
मिसाई दुनिँयाको मुटु क्षत- विक्षत पार्यौ है