मेरो सोझो मन खारेर गयो रेखा सम्बाहाम्फे अन्जान गजल by RekhasubbaJanuary 12, 2013 मेरो सोझो मन खारेर गयो चोखो मुटु चाहारेर गयो जहाँबाट आयो ऊ त्यही बाटो पछि-पछि पाइला सारेर गयो मलाई माया गर्छ वा गर्दैन नभनी दोधार पारेर गयो अनौठो यो मोहनी हररात निद्राको ढोका उघारेर गयो खोजेर गएँ उसैलाई भेट्न ऊ त काँडेतार बारेर गयो Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ