रेखा सम्बाहाम्फे अन्जान
साँचो प्रेम गरे आखिर् के बिराए
तिमीसँग साँचो प्रेम गरे आखिर् के बिराए
लत्यायौ मै वियोगमा परे आखिर् के बिराए
ढुक्ढुकी नै चल्थ्यो तिम्रै नाम्मा मेरो सधैभरि
धोका दियौ आफै झन्डै मरे आखिर् के बिराए
मायाका यी कुरा गर्दा घृणा जाग्यो त्यो मुटुमा
यो मुटु मै मैले दर्द भरे आखिर् के बिराए
तिम्रै प्रीत्मा पागल भै चिच्याउँदै रुदाखेरी
समाजको नजर्बाट झरे आखिर् के बिराए
दायित्व नै भुलि तिम्ले मेरो सप्ना भंग पार्दा
रुदैरुदै सात्समुन्द्र तरे आखिर् के बिराए
