हाँसो खुशी सबै तिमीलाई नै दिए प्रिया
दुख र पिडा जति मैले आफै लिए प्रिया
तिम्लाई हरेक मोडमा सुखी राख्ने धोको
भएर त दश नंग्रा खियौंदै थिए प्रिया
सुटुक्क भागेछौ अन्त कतै नभेट्ने गरि
गुमाउँदा तिमीलाई नशा सबै पिए प्रिया
संगै बाँच्ने संगै मर्ने बाचा बन्धन छुट्दा
चर्केको मुटु नियतिकै रित्ले सिएं प्रिया
छैन दोष तिम्रो हृदयदेखि म पोखिंदा
आफ्नै खोटो कर्मलाइ धिकार्दै जिए प्रिया

रित्ले होइन रीतले हुनु
रित्ले होइन रीतले हुनु पर्ने otherwise its touching one
thanks for ur suggestions
thanks for ur suggestions