Skip to content

anupmagar

जहाँ कसैलाई जिउनुको एउटा गीत गुनगुनाउनु छ !

एकोहोरो शंख बज्दै थियो ,

मृत रहरहरु बोकेर

‘ बाध्यता ‘

दोभान तिर दौडिदै थियो ,

सुकी सकेका अतितहरु बटुलेर ,

शंकाले झोसेको आगो

ह्वारह्वार्ती बल्यो !

जब रहरहरु धुवाँ भएर आकाशमा उडे ,

अतित डढे पछिको

कोइला भन्नु नै जीवन ………………

जहाँ कसैलाई जिउनुको एउटा गीत गुनगुनाउनु छ !

माया गर्छु भन्दा रिसाई ऊ, गर्दिनभन्दा रिसाउछे ऊ, भिन्नता यही छ त्यहाकी “ऊ” र यहाकी “ऊ”मा, आँखा अगाडि उस्तै लाग्छ।

चाल उस्तै मुस्कान उस्तै परेली उस्तै हाउ भाउ उस्तै तर जब चिम्लिन्छु आँखा हराउछे त्यहाकी ऊ, तर झन् नजिक आउछे यहाकी ऊ, नरम थी त्यहाकी ऊ, साएद त्यसैले कहिले नि बिझाइनन् बिझाओस या नाबिझाओस कहिल्यै वास्ता रहेन यो छातीमा तर यहाकी ऊ झन् नरम लाग्छ हुदा कहिल्यै बिझाउदिनन तर नहुदा सारो बिझाउँछ यहाकी “ऊ”ले र नहुदामा बिझाउनुको बेग्लै मजाले मुटु चाहन्छ सधैं बिझाइरहोस यदि ऊ हुन्न नै भने, फरक यही छ त्यहाकी “ऊ” र यहाकी “ऊ”मा ।

तिमी आफै भन तिमी त्यहाकी “ऊ” हौ या यहाकी “ऊ”…..?

आकाश फोर्न निस्कियो मन

अतितले पेलेर सम्झनाहरू, तेल निस्कियो
त्यही तेलमा चिप्लेर, वर्तमान जिस्कियो
जून हरायो बादलभित्र,
आकाश फोर्छु भनेर, यो मन निस्कियो !!!

प्रकासोन्मुख उपन्यास ” डाएरी माथि झूण्डीएको तक्मा ” बाट सानो अंस

ए काठमाण्डू ! इतिहास तिम्रो मात्रै हो र ? तिमीले लेखेको मात्र हुन्छ र इतिहास ? कालिकोटको झुप्राहरुमा चिसो चुल्हो संगै एक गाँस ढीडो पुकारेर रोइरहेको हुन्छ इतिहास | एक ढिको नून नभेटेर मुगुको गाउँहरुमा अलिनो छ इतिहास, सप्तरीको छाप्रोहरूमा एउटा कम्बल खोज्दै चिसोले मरीरहेको हुन्छ इतिहास |

म साहिली दमिनी

म साहिली दमिनी
ठूला बा’को दलान बाहिरै थिएँ,
नचोखिने गरी
… जुठो माझेकै थिएँ,
कलम भिरेका’ सुकिला
मेरो घरमा एक हुल मान्छे आए
ठूला बा’को घर न जान अ-हाए