Skip to content

Baburam Panthi Gulmeli

अश्लील छ

मन्दीरमा कुँदीएको आकृती अश्लील छ
फिल्म अश्लील पत्रीका पाना अश्लील छ
शहरका चोक चोकमा पोष्टर अश्लील छ
अश्लील छ जमाना मान्छे अश्लील छ

देशको मुहार फेरौ

चिया कपको गफमा जपेर मात्र देश विकाश हुँदैन अब
लगाउँ बुद्धि, विवेक, श्रम अनि देशको मुहार फेरिन्छ तब

स्याउ, सुन्तला, लिची, केरा किवी के फल्दैन यो नेपाली माटोमा
परिश्रम गरौँ पसिना बगाऔँ मातृभूमि मैं विदेश जाने साटोमा