चिया कपको गफमा जपेर मात्र देश विकाश हुँदैन अब
लगाउँ बुद्धि, विवेक, श्रम अनि देशको मुहार फेरिन्छ तब
स्याउ, सुन्तला, लिची, केरा किवी के फल्दैन यो नेपाली माटोमा
परिश्रम गरौँ पसिना बगाऔँ मातृभूमि मैं विदेश जाने साटोमा
पश्चिमको यार्सागुम्बा, कफी हेर पूर्वको अलैंची, चिया भकारी
छाडौं आयात, निर्यात सुरू गरौ उब्जनी बढाँउ अब मिहिनेत गरी
बगिरहेछन सयौ नदी नालाहरू उपयोग यिनको गरौँ कसै गरी
निकालौं बिजुली खोलौं उध्धोग स्वदेश मैं शृजनगरौँ रोजगारी
संरक्षण गरौँ धार्मिक यतिहाँसिक सम्पदाहरू पर्यटक भित्राउनु छ
प्राकृतिक सौन्दर्यको खानी मातृभूमिलाई विश्व माँझ चिनाउनु छ
यही छन ग्याँस, फलाम, तामा खानी उत्खनन् गरेर हेरौ
लगाउँ बुद्धि, विवेक श्रम अनि देशको मुहार फेरौ
लगाउँ बुद्धि, विवेक श्रम अनि देशको मुहार फेरौ
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
www.dcnepal.com

धन्यबाद मझेरी युनिट ! एउटा
धन्यबाद मझेरी युनिट ! एउटा शृजना लाई चौतारी दिने प्रयास को लागी !