बाबुराम पन्थी गुल्मेली
हाकिम साबको ब्रिफिङ
नेपालको राजनैतिक नेतृत्व, बौद्धिक वर्ग, मानव अधिकारवादी र सचेत नागरिकहरूको बर्चस्व भएको नेपालको राजधानी काठमाडौ राजधानीको मुटुमा अँझ भनौ देशको बागडोर सम्हालेका कैयौ प्रधानमन्त्री र मन्त्रीहरूका बिविध योजना सहित समुन्नत सुन्दर नेपाल बनाऊन अहोरात्र निरन्तर खटिरहेको सिंहदरबार ! र ठ्याक्कै सिंहदरबार अगाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको गेटबाट भित्र पस्ना साथ बायाँपट्टिको भवनको एकतला माथि एस एस पी साबको कार्यकक्ष बाहिरको वरण्डामा उनको सुरक्षामा खटिएको अंगरक्षक उभिइरहन्छ ।
रेडियो
कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाइ भित्र मौरो परेकोले क्रियापुत्रीलाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाइ नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक बिदाको दिन भएकोले पनि दाजुभाइबीचको यो उपस्थिति संभव भएको थियो होला । मानौ यो कुनै मातमभन्दा पनि मेला लागे जस्तै थियो । हामी पन्थीहरूको बाहुल्य बस्ती भएको प्राकृतिक सौन्दर्यले सजिएको तम्घास नगरीमा ।
संस्मरण : इराक यात्रा
कुरा सन् २००५ को मध्यतिरको हो । नेपालको प्रहरी सेवामा कार्यरत रहँदा पनि चरम आर्थिक अभाव झेल्नु परेकोमा निकै तनावमा थिएँ म । श्रीमती र एक छोरालाई पनि सामान्य खर्च पुर्याउन पनि गाह्रो हुने । त्यसमाथि सँगै बस्न पनि नसकिने । कुनै दिन नून किन्ने पैसा नभएर अल्नो तरकारीसँग छाक टार्न बाध्य मेरो जीवन ! कसरी सुधारिन सक्छ यो सरकारी नोकरीले ? अनि कसरी राम्रो शिक्षा दिन सकिन्छ सन्तानलाई ? जीवनसाथीका न्यूनतम आवश्यकता पनि पुरा गर्न गाह्रो थियो । त्यसमाथि छुट्टिंदा भागमा परेको ऋणको ब्याज बुझाउन पनि गाह्रो साँबा त जिन्दगी भर तिर्न सक्ने उपाय थिएन ।
असल मान्छे छान
आए बथान नेताका चुनावमा भोट मलाई भनी
दौडिरहेछन् गाउँगाउँमा जनता फकाउँदै यिनी
आश्वासन विकासका गाँऊमा छर्न पछि परेनन्
दिएकै हो भोट पहिले पनि विकास शून्य गरेनन्
आयो चुनाव जब छिमेकमा वैरीभाव बढ्दो छ
सम्बन्ध रगतकै नातामा पनि विश्वास घट्दो छ
थियो राष्ट्र ध्वजा गौरव धुरीमा निकालेर राख्दछ
बेग्ला बेग्लै तिरंगा दलका घरकै धुरीमा गाड्दछ
युद्धमा बेचिएको यौवन
“दाइ जाने हो ?” जीवनले मेरो एकोहोरोपनालाई भंग गर्दै भन्यो ।
साँझको खाना खाएर थ्रि-न-थ्रि राइफललाई बेडको कुनातिर राखेर कलकलाउँदो श्रीमती र तोते बोल्ने छोरालाई घरमा छाडेर माओवादी युद्धको उद्गम स्थल रोल्पामा फसेको मेरो जीवनको छुटकाराको लागि अवसरहरू सोच्दै थिएँ । बाहिर कतै टाढा पड्किएका बम र बन्दुकका आवाजहरू मेरो कानमा लगातार प्रतिध्वनित भैरहेको थियो ।
