Skip to content

balkumar

जान्छन गाठे

मनपरेकाहरु रिसाउदै टाढा टाढा भाग्छन गाठे
चिन्नु न जान्नुले पो फोन नम्बर माग्छन गाठे

राम्री हरुलाई कति राम्री तिमि त ओहो भन्दानि
रिसाउदै चप्पल निकाली टाउकैमा ताक्छन गाठे

…भित्रि बानी के छ के छ थाहा पाउनु न के गर्नु
हेन्डसम केटो देख्यो कि पछि पछि लाग्छन गाठे

बाबु आमा सबै परिवार साथमा हुदा पनि छिल्लिदै
…….डार्लिंग यता आऊ न हो भन्दै डाक्छन् गाठे

………..मनले खाने हरु टाढा टाढा भाग्छन गाठे
…..बुढी कन्येहरु पो झन पछि पछि लाग्छन गाठे
बालकुमार फगामी मगर …..देबिस्थान म्याग्दी ….

ढल्कि जाला कान्छी

नलुकाउ धेरै जवानी तिम्रो ढल्कि जाला कान्छी
उमेर जादा पश्चतापको घाउ बल्झी जाला कान्छी

बेलैमा बुद्दी पूराउ नत्र तिन माना पाउडर दलेपनि
अनुहारमा बुढेसकालको रेखा टल्कि जाला कान्छी

घरजम गर्ने अतृप्त चाहानाहरु मनभित्र हुदाहुदै पनि
यौबनको त्यो रसहरु बेकारमा छल्कि जाला कान्छी

….पछि फेरी तल्लाघरे माइलीको घोर्ले छोरा देख्दा
भित्रभित्रै जलनको ठुलो आगो सल्कि जाला कान्छी

..बेलैमा आखा देख जवानी तिम्रो ढल्कि जाला कान्छी
पछि भित्रभित्रै पश्चातापको आगो सल्कि जाला कान्छी
बालकुमार फगामी मगर देबिस्थान म्याग्दी

ठाडो पार्छु शिर भन्थे

ठाडो पार्छु शिर भन्थे आज तिम्रै अघि झुकिएछ
नजिकै छु जस्तो लाग्थ्यो कोसौ टाढा पुगिएछ

आफ्नै ठानी ख्याल ठट्टा गर्दै पत्तै नपाई आज
आफ्नै कोमल हृदयमा दनदनी आगो फुकिएछ

आफ्नै भन्ने मुटु पनि चुडिएर अलग्गै भएसि
हेर्दा हेर्दै मरुभूमिको एक्लो रुख झै सुकिएछ

भाग्दा भाग्दा जिन्दगीको दौडधुपमा पत्तै नपाई
जता तिम्रो बर्चस्व चल्छ तेतै तिर पो लुकिएछ

तिम्रो पन्जा बाट छुटकारा पाउन बचाऊ भन्दै
अध्यारोमा हावा आउदा कुकुर भुकेझै भुकिएछ
बालकुमार फगामी मगर देबिस्थान म्याग्दी

याद आउछ प्रबासमा

ढिकी अनि जातो गरेको याद आउछ प्रबासमा
सिस्नो अनि आटो खाएको याद आउछ प्रबासमा

अर्म पर्म गर्दै साथीभाई संग रमाउदै गाऊबेसीमा
काल्नो अनि पाटो खनेको याद आउछ प्रबासमा

हातमा हात राखी उनै मायालु संग सधै जसो
देउरालीको बाटो हिडेको याद आउछ प्रबासमा

जता हेर्यो बालुवा देखिन्छ मरुभूमिमा हाम्रो त्यो
मलिलो सुनफल्ने माटोको याद आउछ प्रबासमा

ढिकी अनि जातो गरेको याद आउछ प्रबासमा
सिस्नो अनि आटो खाएको याद आउछ प्रबासमा
बालकुमार फगामी मगर देबिस्थान म्याग्दी

न सक्छु अब

न सक्छु तिम्रो जवानीको प्यास मेट्न नै अब
न सक्छु शिर उठाएर तिमीलाई देख्न नै अब

धेरै प्रगति गर्या छौ रे भन्ने सुन्छु आज भोलि
न सक्छु मैले पहिले झै दोबाटोमा भेट्न नै अब

तिमि कहाँ म कहाँ कति अन्तर गर्दियो समयले
न सक्छु अगाडी आइ तिम्रो बाटो छेक्न नै अब

कुन मुख लिएर हिडू अब तिम्रो घरको छेउछाउ
न सक्छु आज तिम्रो आगनीमा टेक्न नै अब

पहिले नै आखा तर्छौ रे त्यसैले नजिक आउदिन
न सक्छु आज बदनामीको भार थेग्न नै अब

न सक्छु तिम्रो जवानीको प्यास मेट्न नै अब
न सक्छु शिर उठाएर तिमीलाई देख्न नै अब
बालकुमार फगामी मगर देबिस्थान म्याग्दी ….

आमा भन्छिन

हुरी आएर घरको आधा छानो छैन आमा भन्छिन
खाली छ पेट अन्नको कुनै दानो छैन आमा भन्छिन

दिन भरि अर्काको काम गर्यो दुइ छाक खान पुग्दैन रे
भकारीमा हेर्छु धानको एक मानो छैन आमा भन्छिन

सानो भएको बारीमा कोदो रोपिदिएर आएको थिए
पाक्यो कोदो तर एउटा बाला रानो छैन आमा भन्छिन

पैसा पठा भन्थिन आमा तर आफु पनि रित्तै यैबेला
ठुलो छ दुख बाबु यहा मलाई सानो छैन आमा भन्छिन

हुरी आएर घरको आधा छानो छैन आमा भन्छिन
खाली छ पेट अन्नको कुनै दानो छैन आमा भन्छिन
बालकुमार फगामी मगर देबिस्थान म्याग्दी

ताके हुन्थ्यो नि

नजरको बाण तिम्रो मैतिर ताके हुन्थ्यो नि
बोलाउदा बुझ्छन सुसेलीले डाके हुन्थ्यो नि

पाइला पाइलामा तिम्रै साथ दिन्छु भन्दै
दिलको कुनामा मेरै नाम राखे हुन्थ्यो नि

यति लामो जिबनको आरोह अबरोहहरुमा
जिबनको रथ मैसँग मिलि हाके हुन्थ्यो नि

तिम्रै हुन् पाउ सातौ जन्म सम्म पनि भन्दै
देउता संग गएर सुटुक्कै भाके हुन्थ्यो नि

नजरको बाण तिम्रो मैतिर ताके हुन्थ्यो नि
बोलाउदा बुझ्छन सुसेलीले डाके हुन्थ्यो नि
बालकुमार फगामी मगर देबिस्थान ५ म्याग्दी

मित्रतामा

कतै बाट पनि कुनै छल नहोस मित्रतामा
बर्षायामको जस्तो भल नहोस मित्रतामा

युगौ युग सम्म पनि निरन्तर राख्नु पर्छ
रोमान्स गरेझै दुइ पल नहोस मित्रतामा

निश्चल निर्मल हुनुपर्छ सबैले छि छि गर्ने
दुंगदुन्ग्ती गहनाउने ढल नहोस मित्रतामा

त्याग तपस्या हुनुपर्छ सबैले काम सकेर
फालिएको अपवित्र जल नहोस मित्रतामा

सधै स्थिर रहनु पर्छ मन एकअर्कामा नकि
भूकम्पको धक्काझै हलचल नहोस मित्रतामा
बालकुमार फगामी मगर …
देबिस्थान म्याग्दी

आभास भयो आज

कता कता शब्दहरू बिलाएको आभास भयो आज
खुसीहरू अर्कैलाई दिलाएको आभास भयो आज

जान अन्जानमै अमृत जति सारा उनलाई दिई
बिष जति आफैलाई पिलाएको आभास भयो आज

माफ गर ल

हदै भन्दा म तातेर आए माफ गर ल
जुत्ता चप्पल साटेर आए माफ गर ल

मनमिल्ने साथी भेटियो आज उसै को
करकापमा परि मातेर आए माफ गर ल

समर्थन तिमीलाई दिन्छु सधै म तरपनि
आज तिम्रो कुरा काटेर आए माफ गर ल

तिम्रो चित्त दुखाउने मेरो चाहना त होइन
अन्जानमै मुटु फाटेर आए माफ गर ल

हदै भन्दा म तातेर आए माफ गर ल
जुत्ता चप्पल साटेर आए माफ गर ल
बालकुमार फगामी मगर
देबिस्थान म्याग्दी

भन्छे मोरीले

सात जुनीसम्म तिम्रै हुन पाउ भन्छे मोरीले
अंग २ तिमै हातले छुन आऊ भन्छे मोरीले

तिमी बाहेक अरुको बन्दिन भन्दै गर्छे मरिहत्ते
मुटुमा तिम्रै लागि खाली छ ठाउँ भन्छे मोरीले

कुरा काट्नेलाइ काट्न देउ मुख थुन्न सकिन्न
दुबैमिली अजम्बरी माया लाउ भन्छे मोरीले

निस्थुरो बनि कति दिन तड्पाउछौ मलाइ यहाँ
आजै आई नछुटिने कसम खाऊ भन्छे मोरीले

सात जुनीसम्म तिम्रै हुन पाउ भन्छे मोरीले
अंग २ तिमै हातले छुन आऊ भन्छे मोरीले
बालकुमार

फगामी मगर
देबिस्थान म्याग्दी …………