ठाडो पार्छु शिर भन्थे आज तिम्रै अघि झुकिएछ
नजिकै छु जस्तो लाग्थ्यो कोसौ टाढा पुगिएछ
आफ्नै ठानी ख्याल ठट्टा गर्दै पत्तै नपाई आज
आफ्नै कोमल हृदयमा दनदनी आगो फुकिएछ
आफ्नै भन्ने मुटु पनि चुडिएर अलग्गै भएसि
हेर्दा हेर्दै मरुभूमिको एक्लो रुख झै सुकिएछ
भाग्दा भाग्दा जिन्दगीको दौडधुपमा पत्तै नपाई
जता तिम्रो बर्चस्व चल्छ तेतै तिर पो लुकिएछ
तिम्रो पन्जा बाट छुटकारा पाउन बचाऊ भन्दै
अध्यारोमा हावा आउदा कुकुर भुकेझै भुकिएछ
बालकुमार फगामी मगर देबिस्थान म्याग्दी
