कता कता शब्दहरू बिलाएको आभास भयो आज
खुसीहरू अर्कैलाई दिलाएको आभास भयो आज
जान अन्जानमै अमृत जति सारा उनलाई दिई
बिष जति आफैलाई पिलाएको आभास भयो आज
खुल्ला दुनियामा उनलाई स्वतन्त्र हुन् दिई मेरै
मुटु गाठो पारी सिलाएको आभास भयो आज
अनेकथरी सपनाहरू सजाई अचानक उनीसँग
बिदाइको हात मिलाएको आभास भयो आज
अब यस्तो नपरोस भन्थे मैले तर उनले गर्दा
शान्त मुटु फेरी हिलाएको आभास भयो आज
बालकुमार फगामी मगर
देबिस्थान म्याग्दी ………..
