Skip to content


सपनाहरू सबै आज अधुरा भएर गयो
अलिकति पाएको पनि अपुरा भएर गयो

जस्तो बिपतमा पनि अत्तालिन्न भन्थे
ती पनि सबै आज झुट्टा कुरा भएर गयो

एक्लै एक्लै देश विदेश भौतारिदा आज
चाहनाहरू पानी नपाएको भुरा भएर गयो

कसलाई दोष दिनु खै आफै अभागी भएसि
सपनाहरू पनि सबै फुटेको चुरा भएर गयो

समयले पनि आज कुन मोडमा ल्याएछ
खुसीहरू पनि आज धारिलो छुरा भएर गयो

बालकुमार फगामी मगर
देबिस्थान म्याग्दी …….

Leave a Reply

Your email address will not be published. Required fields are marked *