Skip to content

benoy721

यात्रा

यात्रा
जिन्दगीको दौडमा जिन्दगीलाई उछिन्न नसकेर
बिपनाका तिता प्रखालहरू नाघेर
मनमस्तिष्कको फलैचामा थकाइ मार्दै
पानी पिउन पन्धेंरीमा पुग्दा
धाराबाट नै अशान्तिका तपकानाहरू
टप…… टप….. खस्दा

मान्छे खोज्दै

घाम डुबिसकेको छ
पूर्णिमाको रातमा चन्द्रग्रहण छ
शून्यतामा विलुप्त छ
प्रकृतिको शाश्ख्त अभिशाप
आस्थाका बगैचाबाट
स्नेहका फूलहरू चुडेर
असन्तुष्टिका झ्याउहरू उमारेर
सेता परेवाहरू घुम्ने ठाउँमा

अब फेरि कुन जिन्दगी जिउनु

इच्छाहरूको पसिना बगाएर
रहरहरूमा तुषारो पारेर
महेनतका पानी-फोकाहरू
सेप्टिक भै उप्किञ्जेल
जिएकै हो जिन्दगी
अब फेरि कुन जिन्दगी जिउनु?

बिर्सेको घाउ

बिर्सेको घाउ बल्झाउन तिमीसंग बोल्दिनँ म
सत्ये अब तिमी सामु हृदयलाइ खोल्दिनँ म

मन पराई तिमीलाई के भूल गरें अखिर
भइ गो! अब पिरथिका चिट्ठीहरू कोर्दिनँ म

न ता माया दियौ तिम्ले न ता घृणा गर्यौ मलाई
अब तिम्लाई विश्वास दिन यो छात्ती फोर्दिनँ म

एकपल्ट भूल गरेछु तिम्रो मन मागी हेर्नु
तर,अब कहिल्यै नि तिम्रो मन चोर्दिनँ म

नदीको दुइ किनारा भयो तिम्रो-मेरो मिलन
अब भेट्न आऊ भनी हात कहिल्यै जोड्दिनँ म