Skip to content


यात्रा
जिन्दगीको दौडमा जिन्दगीलाई उछिन्न नसकेर
बिपनाका तिता प्रखालहरू नाघेर
मनमस्तिष्कको फलैचामा थकाइ मार्दै
पानी पिउन पन्धेंरीमा पुग्दा
धाराबाट नै अशान्तिका तपकानाहरू
टप…… टप….. खस्दा
सिरेटोले हिर्काएर फुटेको ओठ र कर्कुचा लिएर
आत्मीय/ शुभचिन्तक र अन्तरयाद समेत कुल्चिदै
चोटहरू को थुप्रोमा अँझ चोट थप्दै
व्यथाहरूको क्षितिज नाघ्दै
प्यासको पन्धेंरीबाट
अतृप्तताको नदी तर्दै
बिपनाका भीषण भारहरूले भकुर्दै भक्कानिदै
यात्रा गरिरहेछु………
आयु मागेर अरूकै!

Leave a Reply

Your email address will not be published. Required fields are marked *