Skip to content

crystal

मलाई बोल्न देऊ

मेरै मातृभाषामा मलाई बोल्न देऊ
तिमीले नबुझे पनि इशारामै बुझाउँला म
मैले ओढ्ने बर्कोमै तस्वीर खिच्न देऊ
तिमीले नचिने पनि मुस्कानले चिनाउँला म

मेरै टुङ्नामा गुनगुनाउन देऊ
तिम्रो मुटु भरिने गीत गाउन सक्छु म
मेरो बस्तीमा मेरै रीत चलाउन देऊ
जुनी जुनीसम्मलाई प्रीत लाउन सक्छु म