मलाई बोल्न देऊ शरदकुमार दाहाल राष्ट्रिय कविता by crystalSeptember 13, 2020मेरै मातृभाषामा मलाई बोल्न देऊ तिमीले नबुझे पनि इशारामै बुझाउँला म मैले ओढ्ने बर्कोमै तस्वीर खिच्न देऊ तिमीले नचिने पनि मुस्कानले चिनाउँला म मेरै टुङ्नामा गुनगुनाउन देऊ तिम्रो मुटु भरिने गीत गाउन सक्छु म मेरो बस्तीमा मेरै रीत चलाउन देऊ जुनी जुनीसम्मलाई प्रीत लाउन सक्छु म
न खुलेका कथाहरू शरदकुमार दाहाल गीति कविता by editorMay 9, 2020न खुलेका कथाहरू तिमीलाई नै भन्न सक्छु तिम्रै प्रेरणाले म धेरै बन्न सक्छु मन कहिल्यै सङ्लेन जति बहलाउन खोजे पनि, रोऊ पनि कहिल्यै भएन कहीं काडाले घोचे पनि तर आज म तिम्रोसामु दुखेको कुरा गर्न सक्छु, तिम्रै प्रेरणाले म धेरै बन्न सक्छु
तिम्रो प्रेरणाले शरदकुमार दाहाल आधुनिक गीत by crystalMay 2, 2020July 17, 2021 नखुलेका कथाहरू तिमीलाई नै भन्न सक्छुतिम्रो प्रेरणाले म धेरै बन्न सक्छु। Read More »तिम्रो प्रेरणाले33 33Shares
कोरोना आयो त के भयो ? शरदकुमार दाहाल गद्य कविता by editorApril 25, 2020खोला निर्बाध बगिरहेछ हावा निश्चिन्त फैलिरहेछ, घामको तातोमा कुनै कमि छैन अनि बिज अङकुरण कहाँ रोकिएको छ ? चैत्र बैशाखमा हावा हुरी आयो पोहोर पनि त आएकै थियो, कोइलीले कुहु कुहु गाउनु पोथ्रा रुखमा पालुवा पलाउनु, हिजो पनि त भएकै थियो।