Skip to content

शरदकुमार दाहाल

मलाई बोल्न देऊ

मेरै मातृभाषामा मलाई बोल्न देऊ
तिमीले नबुझे पनि इशारामै बुझाउँला म
मैले ओढ्ने बर्कोमै तस्वीर खिच्न देऊ
तिमीले नचिने पनि मुस्कानले चिनाउँला म

मेरै टुङ्नामा गुनगुनाउन देऊ
तिम्रो मुटु भरिने गीत गाउन सक्छु म
मेरो बस्तीमा मेरै रीत चलाउन देऊ
जुनी जुनीसम्मलाई प्रीत लाउन सक्छु म

न खुलेका कथाहरू

न खुलेका कथाहरू तिमीलाई नै भन्न सक्छु
तिम्रै प्रेरणाले म धेरै बन्न सक्छु

मन कहिल्यै सङ्लेन
जति बहलाउन खोजे पनि,
रोऊ पनि कहिल्यै भएन
कहीं काडाले घोचे पनि
तर आज म तिम्रोसामु
दुखेको कुरा गर्न सक्छु,
तिम्रै प्रेरणाले म धेरै बन्न सक्छु

SharadKumarDahal

कोरोना आयो त के भयो ?

खोला निर्बाध बगिरहेछ
हावा निश्चिन्त फैलिरहेछ,
घामको तातोमा कुनै कमि छैन
अनि बिज अङकुरण कहाँ रोकिएको छ ?

चैत्र बैशाखमा हावा हुरी आयो
पोहोर पनि त आएकै थियो,
कोइलीले कुहु कुहु गाउनु
पोथ्रा रुखमा पालुवा पलाउनु,
हिजो पनि त भएकै थियो।