Skip to content

तिम्रो प्रेरणाले

20200410_102119-2

नखुलेका कथाहरू तिमीलाई नै भन्न सक्छु
तिम्रो प्रेरणाले म धेरै बन्न सक्छु।

मन कहिल्यै सङ्लेन बहलाउन खोजे पनि
रोऊ पनि कहिल्यै भएन काँडाले घोचे पनि
तर आज तिम्रोसामु दुख गन्न सक्छु
तिम्रो प्रेरणाले म धेरै बन्न सक्छु।

कस्तो डँढेलो सल्कियो न रहर बाँचे न भावना
हिड्दै नहिडी कुजिएछु कुन श्राप लाग्यो जीवनमा
मेरो हात थामी देऊ म अघि बढ्न सक्छु
तिम्रो प्रेरणाले म धेरै बन्न सक्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *