Skip to content


मेरै मातृभाषामा मलाई बोल्न देऊ
तिमीले नबुझे पनि इशारामै बुझाउँला म
मैले ओढ्ने बर्कोमै तस्वीर खिच्न देऊ
तिमीले नचिने पनि मुस्कानले चिनाउँला म

मेरै टुङ्नामा गुनगुनाउन देऊ
तिम्रो मुटु भरिने गीत गाउन सक्छु म
मेरो बस्तीमा मेरै रीत चलाउन देऊ
जुनी जुनीसम्मलाई प्रीत लाउन सक्छु म

तिमीले रोजे जस्तो पनि होइन म
मेरो माटोमा आफै फुल रोप्छु म
तिमीले सोचे जस्तो पनि होइन म
मेरो देशलाई आफैं भित्र खोज्छु म

– शरद कुमार दाहाल
(गोकर्णेश्वर न.पा.-5, काठमाडौ, 9851034865)

Leave a Reply

Your email address will not be published. Required fields are marked *