यो मन आगोझैँ बलिरहेछ, ताप्ने हजारौ छन् ।
नौटंकीको रङ्गमञ्चमा नाच्ने हजारौ छन् ।
जिन्दगी सिसाझैँ चर्कीरहन्छ, मुटु सधै धड्की रहन्छ्
यौवनको नशा पिई मात्ने हजारौ छन् ।
यो मन आगोझैँ बलिरहेछ, ताप्ने हजारौ छन् ।
नौटंकीको रङ्गमञ्चमा नाच्ने हजारौ छन् ।
जहाँ जन्मे हुर्के बढे, टालाटुली बाटुली खेल्दै
हरियालीको स्वच्छ पावनमा, साथीसंगीसाथ भ्रमण गर्दे ।
स्मरण आउँछ रमेका ती, पैदद उकाली ओराली बनोरम जंगल
उही नै देश हिमालयन बसोन्नोस्थल, प्यारो मेरो प्यारो नेपाल ।
क्याम्पस पढ़दा दिएका ती नजरहरू झुट्टा रैछन
गाजलु ती ठुला आखा मोहनीका बुट्टा रैछन !
आज भोलि मायाप्रेम पैसासँग साट्न थाले
आकर्षणका प्रेमहरू ब्यबाहारमा टुट्दा रैछन !