Skip to content

gosain16

नगर मेरा सामु प्रेमका ती बातहरू

नगर मेरा सामु प्रेमका ती बातहरू
आँखा भिज्छन् हेर्दा-हेर्दै पत्रका ती खातहरू

माया पनि अचम्मको खेल बन्दो रैछ,
छुटने थिएन नत्र पक्कै, उसका ती साथहरू

सायद मेरी अक्षम्य भूल थियो त्यो,
अञ्जानमै बढाएछु माया ती हातहरू

विषकन्या

त्यो कुन दिन हो, मलाई याद छैन । सधैंझैँ त्यसदिन पनि स्कूलबाट फर्की टोलकै एउटा गफाडीहरूको जमघट हुने पसलमा बसिरहेको थिएँ । गफाडीहरूको बीचमा बस्दा रमाइलो त हुन्छ नै साथमा नयाँ कुरा पनि थाहा पाइने र समय पनि कटिने भएकोले म पनि प्रायः त्यो समूहमा बस्ने गर्दथेँ । त्यहाँ वरिष्ठदेखि कनिष्ठ अनि साधारणदेखि लिएर विशिष्ट कुराहरू बारे छलफल हुन्थ्यो । कुरैकुरामा एउटा साथीले मलाई भन्यो, “तिमीले एउटा कुरा सुन्यौ ? त्यो तिम्रो साथी उर्मिला त रेष्टुरेण्ट (क्याविन) मा काम गर्छे नि !” म छाँगाबाट खसेझैँ भएँ, “होइन होला” मैले सकिनसकी जवाफ फर्काएँ । फेरि उसले भन्यो “यसमा कुनै सन्देह छैन ।”