नगर मेरा सामु प्रेमका ती बातहरू
आँखा भिज्छन् हेर्दा-हेर्दै पत्रका ती खातहरू
माया पनि अचम्मको खेल बन्दो रैछ,
छुटने थिएन नत्र पक्कै, उसका ती साथहरू
सायद मेरी अक्षम्य भूल थियो त्यो,
अञ्जानमै बढाएछु माया ती हातहरू
कति रमाइलो थियो त्यो बेलाको जिन्दगी,
टुटे फुटे मिथ्या भए उसँगका ती साथहरू
तर पनि यो अञ्जानको गुनासो छैन कसैसँग,
सहारा छन् मेरा पनि अनेक लेबलका ती मातहरू
नगर मेरा सामु प्रेमका ती बातहरू
आँखा भिज्छन् हेर्दाहेर्दै पत्रका ती खातहरू
