तिमी, म, म, तिमी
मिलेर हुनेछौँ, एक हामी
तिमी एक पाइला अगाडि बढाऊ, म अर्को बढाउँछु
यसरी नै सधैँ तिमीलाई म साथ दिइरहन्छु
जीवन त आउँछ अनि त्यसरी नै जान्छ
तर, हामी दुईको प्रेम जुगौँसम्म रहिरहन्छ
किनकि प्रेम हाम्रो आत्मा हो, जीवनको आधार हो
अनि हामी दुई बीचको पवित्र बन्धन हो
समुद्र हो प्रेम, आकाश हो प्रेम, धर्ती हो प्रेम
अनि हामी त्यहाँ शैर गर्ने पागल जोडी
त्यसैले प्रिय नडराऊ, आऊ यो पापी समाजको बन्धन तोडी
पर्खिरहेको छु आज म तिमीलाई यो दुनियाँ सारा छोडी
आशा छ, तिमी अवश्य आउनेछौ
हातमा हात मिलाई मसँगै हिड्नेछौ
प्रेम गर्नेको सधैँ जीत हुन्छ भनी
यो दुनियाँलाई देखाउनेछौ ।
