Skip to content

jubhamakavreli

JubhamaKavreli

बाँच्नै पनि मुस्किल भो

बाँच्नै पनि मुस्किल भो जीवन अस्थिर देखें
जिन्दगीको गोरेटोमा जताततै भीर देखें

अभावहरू कतिकति व्यथाहरू अनगिन्ती
कसरी यो जुनी काट्ने पीर माथि पीर देखें

बाङ्गो हुन जानिएन सोझो बन्नु भूल होइन र
जताततै मतिर नै सोझिएका तीर देखें

लिपी बुझ्न नसकिने किताब हो जिन्दगी

लिपि बुझ्न नसकिने किताब हो जिन्दगी
बिना शुत्र सिक्नुपर्ने हिसाब हो जिन्दगी

जोगाउनु छ बासना, निस्सासिन नि सक्छ
काँडा बीच फुल्ने फूल गुलाब हो जिन्दगी

हाईकुहरु

१
नारी अस्मिता
गिद्दे नजरभित्र
कैदी अवस्था

२
बास्नाको बेला
कसले खोज्छ होला?
सुरक्षा ढाल

३
प्रधानमन्त्री
सस्तो लोकप्रियता
जनता भोकै

४
प्रेम दिवस
हिउँको ओछ्यानमा
न्यानो सुताई

५
कान्छीको भट्टी
हेमन्तको रातमा
न्यानो अँगालो

जिउनुको रहर मर्दैछ मेरो

जिउनुको रहर मर्दैछ मेरो
आशाको दियो निभ्दैछ मेरो

अभावमा तिम्रो यी नयनबाट
पीडाको आँशु झर्दैछ मेरो

मोडहरु छिचोल्दै यात्रामा अघि
जीवनको गाडी कुद्दैछ मेरो

जीवनका रङ्गीन पलहरु टिप्दै
निष्ठुरी कालले लग्दैछ मेरो

अभावको बिस्कुन कसरी सुकाउँ
आँशुमा यो मन जल्दैछ मेरो